सोमबार, चैत २, २०८२

हजार्ड भन्छन्- मेस्सीको बायाँ खुट्टा मनपर्छ

बेल्जियन फरवार्ड इडेन हजार्डले आफ्नो ३०औं जन्मदिनको उपलक्ष्यमा तीन खेलाडीको आफूलाई मनपर्ने क्षमताबारे बताएका छन्। 
 |  शुक्रबार, पुस २४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २४, २०७७

काठमाडौं-  बेल्जियन फरवार्ड इडेन हजार्डले आफ्नो ३०औं जन्मदिनको उपलक्ष्यमा तीन खेलाडीको आफूलाई मनपर्ने क्षमताबारे बताएका छन्। जहाँ उनले आफूलाई बार्सिलोनाका कप्तान लियोनल मेस्सीको बायाँ खुट्टा मनपर्ने बताए।

National life

त्यस्तै हजार्डले अर्का खेलाडी क्रिस्टियानो रोनाल्डोको जितको तिर्खा आफूलाई मनपर्ने बताए। उनले भने, ‘उनको जित र ट्रफीप्रतिको इच्छाका साथै सधैँ स्कोर गर्ने चाहना मनपर्छ।’

त्यस्तै उनले रियलका प्रशिक्षक जिनेदिन जिदानको प्रशिक्षण शैली मनपर्ने बताएका छन्। उनी भन्छन्, ‘तर उनी त्योभन्दा योग्य छन्।’

उनले आफ्नो जन्मदिनको उपलक्ष्यमा ३० प्रश्नको उत्तर दिएका थिए। जहाँ भीएआरको प्रश्नबारे पनि उत्तर दिए।

‘भीएआरले फुटबलबाट धेरै खुसीहरू टाढा पुर्‍याएको छ,’ उनले भने, ‘धेरै खुसीहरू ! हामी स्कोर गर्छौं, तर के हुन्छ भनेर गोल गरिसकेपछि पनि पर्खनु पर्छ।’

Laxmi sunrise bank
kumari

त्यस्तै उनले जन्मदिनको उपलक्ष्यमा रियलमा खेलको स्तरमा सुधार हुनेमा आशावादी रहेको बताएका छन्।

उनी लस ब्लाङ्कोसमा रहँदा नै पेरिसे सेन्ज जर्मेन(पीएसजी) विरुद्ध २०१९ को खेलयता पटकपटक चोटग्रस्त हुँदै आएका छन्। त्यसकारण उनी अब निर्धक्क भएर खेलमा सहभागी हुन चाहन्छन्।

प्रकाशित: Jan 08, 2021| 06:22 शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।