आइतबार, भदौ २१, २०८३

डीआईजीमा बढुवा भएकाहरुलाई दर्ज्यानी चिह्न प्रदान

प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका ९ जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। 
 |  बिहीबार, पुस २३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २३, २०७७

काठमाडौं- प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका ९ जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। 

प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बढुवा भएका डीआईजीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

२२ पुस २०७७ को मन्त्रीस्तरीय निर्णयबाट ९ जना प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति गरिएको थियो।

दर्ज्यानी चिह्न प्राप्त गर्नेमा प्रहरी नायव महानिरीक्षकहरुमा गणेश बहादुर ऐर, पुरुषोत्तम कंडेल, राजेश कुमार लाल कर्ण, डा. देवबहादुर बोहरा, दिवेश लोहनी, राम कृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्य छन्। 

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी नायव महानिरीक्षकहरुलाई बधाई दिँदै पदोन्नतिसँगै नेतृत्वदायी आचरण पनि फेरिनुपर्ने र प्राप्त जिम्मेवारीलाई नयाँ उर्जाका साथ निर्वाह गर्न निर्देशन दिए।

पदोन्नति भएका प्रहरी अधिकृतहरुको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेलले प्रचलित कानुन र संगठनको नीति निर्देशनअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे। 

प्रकाशित: Jan 07, 2021| 11:45 बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।