आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद् विघटन गैरसंवैधानिक नै हो : बार अध्यक्ष श्रेष्ठ 

संसद् विघटन गैरसंवैधानिक नै हो : बार अध्यक्ष श्रेष्ठ 

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रतिनिधिसभा विघटन गैरसंवैधानिक र गैरलोकतान्त्रिक भएको बताएका छन्। 
 |  बिहीबार, पुस २३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २३, २०७७

काठमाडौं– नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रतिनिधिसभा विघटन गैरसंवैधानिक र गैरलोकतान्त्रिक भएको बताएका छन्। 

नेकपाको दाहाल–नेपाल समूहले आज बिहीबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा उनले भने, ‘अहिले यो मुद्दा अदालतमा गएको छ। लिखित जवाफमा यो राजनीतिक विषय भएकोले अदालत प्रवेश गर्न मिल्दैन भनिएको छ। अहिलेको संविधानमा ससद् विघटन गर्ने व्यवस्था नै छैन। सबै अहिले सचेत भएर लाग्नुपर्ने बेला आएको छ। अहिलेको अवस्थामा देश कहाँ पुग्छ, सबैले सोच्नुपर्ने बेला आएको छ।’

हिजोका दिन बार राजनीतिक परिवर्तनका लागि लडेको स्मरण गर्दै उनले अहिले पनि लड्ने बताए। ‘प्रतिनिधि सभामात्रै होइन, अहिले प्रदेश सभा पनि विघटनका धम्की आइरहेका छन्। अदालतमा हामी कानुनी लडाइँ लडिरहेका छौं। अदालतले कानुनसम्मत् आदेश गर्ला भन्ने त लाग्छ तर सविधानवादको रक्षाका लागि भने सबै लाग्नुपर्छ,’ श्रेष्ठले भने।

प्रकाशित: Jan 07, 2021| 10:14 बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।