आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भेरी नदीमा बस खस्दा १ जनाको मृत्यु, थप विवरण आउन बाँकी

भेरी नदीमा बस खस्दा १ जनाको मृत्यु, थप विवरण आउन बाँकी

दाङबाट सल्यानको सल्लीबजारतर्फ जाँगै गरेको बस भेरी नदीमा खसेको छ।
 |  बिहीबार, पुस २३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २३, २०७७

सुर्खेत- दाङबाट सल्यानको सल्लीबजारतर्फ जाँगै गरेको बस भेरी नदीमा खसेको छ।

सुर्खेतको गुर्भाकोट नगरपालिका–९ भुल्के नजिकैबाट बस भेरी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। सुर्खेतका डीएसपी रामप्रसाद घर्ती मगरका अनुसार दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

‘हामीलाई एक जनाको मृत्यु भएको खबर आएको छ, उनको विवरण खुलेको छैन’ डीएसपी घर्तीमगरले भने, ‘नदीमा एक जनाको मात्रै शव भेटिएको छ।’

गाडीमा चार जनामात्रै यात्रु रहेको खुलेको प्रहरीले जनाएको छ। चार जनामध्ये एक जना घाइते भएका छन् भने दुई जनाको अवस्था सामान्य रहेको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित: Jan 07, 2021| 10:15 बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।