टेक्सस कलेजमा स्नातक तहमा कुन कुन विषयको पढाइ हुन्छ?
हामीकहाँ स्नातक तहमा बीबीएस, बीएस्सी (सीएसआईटी), बीसीए, बीबीएम, बीए/बीएसडब्ल्यू विषयको पढाइ हुन्छ। विद्यार्थीले आफ्नो रुचिअनुसार सैद्धान्तिक र व्यावहारिक ज्ञान तथा दक्षता हासिल गर्न यीमध्ये कुनै पनि विषय छनोट गर्न सक्छन्।
बीबीएस अध्ययन गरेका विद्यार्थीले कुन कुन क्षेत्रमा रोजगारीका अवसर पाउन सक्छन्?
यो विषय अध्ययन गरेका विद्यार्थीले विभिन्न वित्तीय संस्था, सरकारी तथा गैरसरकारी संस्था लगायत व्यापक क्षेत्रमा रोजगारीको अवसर पाउँछन्। साथै स्वरोजगार र विभिन्न विषयमा उच्च अध्ययनका लागि समेत बीबीएसले ढोका खोल्छ।
अधिकांश रोजगारदाताले बीबीएस ग्राजुएट्सलाई रोज्नुको कारण के होला ?
व्यावहारिक ज्ञान र दक्षता नै प्रमुख कारण हो। व्यवस्थापनमा दक्ष जनशक्तिले कुनै पनि क्षेत्रमा कुशलतापूर्वक काम गर्नसक्ने भएकाले पनि हो।
टेक्सस इन्टरनेसनल कलेजमा बीबीएस अध्ययनका लागि न्यूनतम योग्यता के हो?
१२ कक्षामा बी प्लस ग्रेड हासिल गरेका विद्यार्थीले बीबीएसमा सहजै अध्ययन गर्न पाउँछन्।
हालको पाठ्यक्रममा परिमार्जन आवश्यक छ कि ?
व्यावहारिक शिक्षाको पाटो र मूल्यांकन पक्ष सुधार्न जरुरी छ।
नेपालमै विश्वस्तरीय शिक्षा उपलब्ध गराउन के गर्नुपर्ला ?
सम्बन्धित विषयको ज्ञानलाई फराकिलो बनाउने र मूल्यांकन पक्षलाई वैज्ञानिक बनाउने हो भने विश्वस्तरीय शिक्षा नेपालमै उपलब्ध हुन्छ।
बीबीएस छनोट गर्नुअघि विद्यार्थीले के कुरामा विशेष ध्यान दिनुपर्छ ?
विद्यार्थीले आफ्नो रुचि, क्षमता र अवसरबारे विशेष ध्यान दिनुपर्छ।
तपाईंहरूले कलेजमा अध्यापन हुने कार्यक्रमबारे बजारमा कसरी जानकारी दिनु हुन्छ?
विद्यार्थी, अभिभावक र शुभेच्छुकहरु मार्फत।