शुक्रबार, असोज २, २०८३

दक्ष जनशक्ति उत्पादनमा प्रतिबद्ध छौं : निरुजा फुँयाल

न्यूनतम शूल्कमा अध्ययन गर्न सकिने र देशभरका अधिकांंश कलेजमा अध्यापन हुने यो विषयले सहरी तथा ग्रामीण क्षेत्रका लागि समेत दक्ष जनशक्ति उत्पादन गर्न सक्ने भएकाले यो संकायप्रति विद्यार्थीको आकर्षण बढ्दो छ।
 |  मंगलबार, पुस २१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २१, २०७७

स्नातक तहमा विद्यार्थीले बीबीएस नै किन पढ्ने ?

व्यवस्थापन संकायतर्फको ब्याचलर इन बिजनेस स्टडिज (बीबीएस) विशुद्ध प्राज्ञिक विषय हो। 

न्यूनतम शूल्कमा अध्ययन गर्न सकिने र देशभरका अधिकांंश कलेजमा अध्यापन हुने यो विषयले सहरी तथा ग्रामीण क्षेत्रका लागि समेत दक्ष जनशक्ति उत्पादन गर्न सक्ने भएकाले यो संकायप्रति विद्यार्थीको आकर्षण बढ्दो छ। यसका उत्पादनले सबै क्षेत्रमा आफ्नो कार्यदक्षता प्रस्तुत गरेका छन्। 

अध्ययनलगत्तै रोजागारी प्राप्त गर्न सकिने र विदेशमा उच्चशिक्षा हासिल गर्न चाहनेको रोजाइमा पनि यो विषय पर्ने गरेको छ। 

बीबीएस अध्ययनपछि रोजागारीका अवसर केके छन् ?

अध्ययनपछि विद्यार्थीले बैंक, वित्तीय संस्था, शिक्षण संस्था, उद्योग, कलकारखाना, स्वदेशी तथा विदेशी संस्थालगायतका क्षेत्रमा काम गर्ने अवसर पाउँछन्। 

यससँगै स्वउद्यमी भएर पनि विभिन्न पेसामा संलग्न हुन सक्ने अवसर प्रशस्त छ।

बजारको मागअनुरुप मदन भण्डारी कलेजले जनशक्ति उत्पादन गर्न सकेको जस्तो लाग्छ ?

हामीले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै रोजगारीको अवसर पनि सिर्जना गरिदिएका छौं। यहाँ अध्ययन गर्ने विद्यार्थीलाई बीबीएस चौथो वर्षमा विभिन्न बैंक, वित्तीय संस्था, उद्योगलगायतका क्षेत्रमा इन्टर्नसिपका लागि पठाउने गरेका छौं। उनीहरुमध्ये धेरैले त्यही संस्थामै काम पाइरहेका छन्। कतिले त्यस्तै प्रकृतिको अर्को संस्थामा गएर काम गर्छन्।

बीबीएस अध्ययनका लागि आवश्यक न्यूनतमा शैक्षिक योग्यता के हो? 

हाम्रो कलेज गैरनाफामुलक न्यून आय भएका विद्यार्थीलाई लक्षित गरेर खोलिएको हो। यहाँ सहुलियतपूर्ण शूल्कमा विश्वविद्यालयले तोकेको न्युनतम ग्रेड ल्याएका विद्यार्थी भर्नाका लागि योग्य हुन्छन्। 

हामीले विश्वविद्यालयले तोकेअनुसार नै १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउँदै आएका छौं। जेहेन्दार, न्यून आए भएका, विपन्न, पिछडिएको क्षेत्र, दलित जनजातिलाई छात्रवृत्ति दिइन्छ। 

बीबीएस अध्ययन गर्न मदन भण्डारी कलेजलाई नै किन रोज्ने ?

मदन भण्डारी कलेज राजधानीको केन्द्रमा रहेको र मूल सडकबाट नजिक भएकाले पनि विद्यार्थीलाई अध्ययनका लागि आउन सहज छ। यहाँ सम्बन्धित विषयका विषय विज्ञले अध्यापन गराउने र नियमित रुपमा कक्षा सञ्चालन हुन्छ। परिवर्तित पाठ्यक्रमलाई ध्यानमा राखेर रिसर्च र रिपोर्टमा आधारित भएर अध्यापन हुने यस कलेजका उत्पादनले रोजगार बजारमा आफ्नो दक्षता प्रस्तुत गरेका छन्। 

विद्यार्थीलाई हामीले कलेजभित्रै विशेष प्रशिक्षण दिने र यहाँको फ्याकल्टीको मुख्य ध्येय गुणस्तरीय शिक्षा प्रदान गर्नेतर्फ केन्द्रित भएकाले पनि आमअभिभावक र विद्यार्थीको रोजाइमा  मदन भण्डारी मेमोरियल कलेज पर्ने गरेको छ। 

प्रकाशित: Jan 05, 2021| 13:43 मंगलबार, पुस २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

बीआईएम : आईटी र व्यवस्थापनको संयोजन 

ब्याचलर अफ इन्फरमेसन म्यानेजमेन्ट (बीआईएम) आईटी र व्यवस्थापन मिलेर बनेको बहुआयामिक विषय हो। 

उद्यमी बन्न सिकाउने  ‘बीबीएम’ 

बीबीएमले उद्यमशीलतालाई प्राथमिकता दिएको त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन डिल्लीराज शर्माले बताए। 

बीएससी सीएसआईटी विश्वभर माग भएको विषय हो : जीवन ढुंगेल

बीएससी सीएसआईटी सूचना प्रविधिको क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्न सैद्धान्तिक, व्यावहारिक र प्राविधिक पक्षमा पर्याप्त ज्ञान प्रदान गर्ने उद्देश्यले विकसित गरिएको कोर्स हो।

पाठ्यक्रमलाई बजारसँग जोड्न आवश्यक छ : मधुकर पाण्डे

पाठ्यक्रमलाई बजारसँग जोड्दै माग अनुसारको जनशक्ति उत्पादन गर्ने गरी परिमार्जन गर्दै लैजानुपर्छ। अनुसन्धानमा जोड दिनुपर्छ। पाठ्यक्रम मौलिक बनाउन जरुरी छ। 

आईटी पढेपछि बेरोजगार हुनुपर्दैन : गंगा सुब्बा

आईटी असीमित सम्भावना बोकेको क्षेत्र हो। त्यसैले स्वदेश, विदेश दुवैमा आईटी पढेका जनशक्तिको माग बढ्दो छ।