शुक्रबार, असोज २, २०८३

रुचि र क्षमताअनुसार विषय छनोट गर्नुपर्छ : ऋषिराम उपाध्याय 

विद्यार्थीले पढाइकै क्रममा विभिन्न प्रतिष्ठान र वित्तीय संस्थामा इन्टर्नसिप गर्ने अवसर पाउँछन्। यसबाट उनीहरुमा काम गर्ने क्षमताको पनि विकास भइसकेको हुन्छ।
 |  मंगलबार, पुस २१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २१, २०७७

विद्यार्थीले बीबीएस किन रोज्ने ?

बीबीएस पढ्नुको उद्देश्य विश्वबजारले खोजेजस्तो दक्ष जनशक्ति तयार पार्नु हो। देशविदेशका विभिन्न वित्तीय संस्था, व्यावसायिक प्रतिष्ठान, उद्योग, प्रशासन आदिले खोजेका जनशक्तिमा आफूलाई योग्य बनाउन यो विषय पढ्नुपर्छ। विषय छनोट गर्दा विद्यार्थीले आफ्नो रुचि र क्षमतामा ध्यान दिनु जरुरी हुन्छ। 

बीबीएस अध्ययनपछि कस्तो क्षेत्रमा रोजगारीको अवसर पाइन्छ ?

हामीले सैद्धान्तिक शिक्षालाई भन्दा व्यावहारिक र प्रायोगिक शिक्षामा जोड दिने भएकाले सरकारी तथा गैरसरकारी क्षेत्र, व्यापारिक संघसंस्था, वित्तीय क्षेत्र, औद्योगिक र उत्पादनमूलक क्षेत्रमा यो संकायका स्नातकले सहजै रोजगारीकी अवसर पाउँछन्। 

रोजगारदाताको रोजाइमा बीबीएस स्नातक धेरै पर्नुको कारण के होला ? 

व्यवस्थापन पढेका विद्यार्थीमा नयाँ प्रविधिको ज्ञान, सीप र दक्षता हुन्छ। त्यसैले उनीहरु रोजगारदाताको पहिलो रोजाइमा हुन्छन्। अर्को कुरा, विद्यार्थीले पढाइकै क्रममा विभिन्न प्रतिष्ठान र वित्तीय संस्थामा इन्टर्नसिप गर्ने अवसर पाउँछन्। यसबाट उनीहरुमा काम गर्ने क्षमताको पनि विकास भइसकेको हुन्छ।

वनस्थलीमा बीबीएस अध्ययनका लागि न्यूनतम योग्यता के हो ?

त्रिभुवन विश्वविद्यालय तोकेको न्यूनतम योग्यताबाहेक विद्यार्थीको इच्छाशक्ति नै प्रमुख हो। यसका लागि सम्बन्धित विययमा कक्षा १२ त उत्तीर्ण भएकै हुनुपर्छ। यसरी आएका विद्यार्थीलाई हामीले सैद्धान्तिक र व्यावहारिक ज्ञानबाट सुसज्जित बनाउँछौं।

हालको पाठ्यक्रममा नयाँ केही थप्नुपर्ने छ कि ?

यसमा दुईवटा कुरा छन्। पहिलो, विश्व परिवेश कुन बाटोमा हिँडिरहेको छ, सोहीअनुसारको पाठ्यक्रम बनाउनुपर्छ। अर्को चाहिँ देशको आवश्यकता के हो? त्यसमा पनि ध्यान दिएर पाठ्यक्रम तयार पार्नुपर्छ। मुख्य कुरा पाठ्यक्रम समयानुकूल भए भने विद्यार्थीले पढेर मात्र केही हुँदैन।

बीबीएस पढ्ने विद्यार्थीले कस्तो ज्ञान हासिल गर्छन्, जुन अरु विषयबाट सम्भव छैन ?

यो विषय पढेका विद्यार्थीले सम्बन्धित विषयमा दक्ष ज्ञान त प्राप्त गर्छन् नै। साथै कुशल र सफल व्यवस्थापक बन्न सक्छन्, जुन अरू विषयबाट सम्भव छैन।

विश्वस्तरीय शिक्षा नेपालमै उपलब्ध गराउन के गर्नुपर्ला ?

श्रमबजारको माग, पाठ्यक्रम, शिक्षण पद्धति र परीक्षा प्राणालीमा ध्यान दिँदा विश्वस्तरीय शिक्षा नेपालमै उपलब्ध गराउन सकिन्छ।

तपाईंहरुले यो कार्यक्रमबारे बजारमा कसरी जानकारी गराउनुभएको छ ?

हामी प्रचारमुखीभन्दा पनि विद्यार्थीको भविष्य सुनिश्चित गर्ने उद्देश्यले शिक्षण सिकाइ क्रियाकलाप गराउँछौं। त्यसैले हामीसित सहकार्य गर्नुहोस् भनेर विभिन्न माध्यमबाट आग्रह गरिरहेका छौं।
 

प्रकाशित: Jan 05, 2021| 13:43 मंगलबार, पुस २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

बीआईएम : आईटी र व्यवस्थापनको संयोजन 

ब्याचलर अफ इन्फरमेसन म्यानेजमेन्ट (बीआईएम) आईटी र व्यवस्थापन मिलेर बनेको बहुआयामिक विषय हो। 

उद्यमी बन्न सिकाउने  ‘बीबीएम’ 

बीबीएमले उद्यमशीलतालाई प्राथमिकता दिएको त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन डिल्लीराज शर्माले बताए। 

बीएससी सीएसआईटी विश्वभर माग भएको विषय हो : जीवन ढुंगेल

बीएससी सीएसआईटी सूचना प्रविधिको क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्न सैद्धान्तिक, व्यावहारिक र प्राविधिक पक्षमा पर्याप्त ज्ञान प्रदान गर्ने उद्देश्यले विकसित गरिएको कोर्स हो।

पाठ्यक्रमलाई बजारसँग जोड्न आवश्यक छ : मधुकर पाण्डे

पाठ्यक्रमलाई बजारसँग जोड्दै माग अनुसारको जनशक्ति उत्पादन गर्ने गरी परिमार्जन गर्दै लैजानुपर्छ। अनुसन्धानमा जोड दिनुपर्छ। पाठ्यक्रम मौलिक बनाउन जरुरी छ। 

आईटी पढेपछि बेरोजगार हुनुपर्दैन : गंगा सुब्बा

आईटी असीमित सम्भावना बोकेको क्षेत्र हो। त्यसैले स्वदेश, विदेश दुवैमा आईटी पढेका जनशक्तिको माग बढ्दो छ।