काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा लाग्ने ५० राउन्ड गोलीसहित एकजना पक्राउ परेका छन्।
झापाको भद्रपुर जान लागेका झापा मेचीनगरका २० वर्षीय बद्रिहाङ राईलाई गोलीसहित विमानस्थल सुरक्षामा खटिएको टोलीले पक्राउ गरेको हो।
प्रहरीले सुरक्षा जाँचका क्रममा उनको झोलाबाट ९ एमएमको पेस्तोलमा लाग्ने गोली बरामद गरेको थियाे। बास्तोलाका अनुसार राई आमासहित १२ः३५ मा उड्ने श्री एअरलाइन्सको जहाजबाट भद्रपुर जान लागेका थिए।
थप अनुसन्धानका लागि आमासहित राईलाई महानगरीय प्रहरी वृत्त गौशालामा पठाइएको त्रिभुवन विमानस्थल प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए।