आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा अध्यक्ष दाहाल पत्‍नीकाे उपचारका लागि मुम्बईतर्फ

नेकपा अध्यक्ष दाहाल पत्‍नीकाे उपचारका लागि मुम्बईतर्फ

नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीताको उपचारका लागि मुम्बई गएका छन्। 
 |  सोमबार, पुस २०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २०, २०७७

काठमाडौं। नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीताको उपचारका लागि मुम्बई गएका छन्। 

पत्नी सीताको उपचारका लागि दाहाल नेपाल एअरलाइन्सको नियमित उडानमार्फत् मुम्बई गएका हुन्। 

दाहालसँगै छोरीहरू रेणु र गंगा दाहाल पनि मुम्बई प्रस्थान गरेका छन्।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष दाहाल बुधबारसम्म फर्किने कार्यक्रम रहेको जानकारी दिए। 

सीता दाहालको उपचारका लागि मंगलबार नै चिकित्सकको समय निर्धारण गरिएको छ। 

अध्यक्ष दाहाल पछिल्लो राजनीतिक घटनाक्रमका समयमा बाहिर जान नचाहेको भए पनि पत्नीले नमानेपछि मुम्बई गएका हुन्।

उनी मुम्बईमा छोरी र ज्वाइँलाई राखेर आफू फर्किने कार्यक्रम छ।

दाहाल पत्नी लामो समयदेखि बिरामी छिन्। केही दिनअघि थप अस्वस्थ भएपछि उनलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो।

प्रकाशित: Jan 04, 2021| 06:22 सोमबार, पुस २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।