काठमाडौं- महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले स्रोत नखुलेको करिब डेढ करोड रूपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
परिसरका अनुसार एक करोड ४७ लाख रूपैयाँसहित भारतीय नागरिकलाई काठमाडौंबाट पक्राउ गरिएको हो।
परिसरका प्रवक्ता डीएसपी प्रमेश विष्टले अहिले केहीबेरमा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारेमा जानकारी दिइने बताए।
पक्राउ पर्नेमा ३० वर्षीय अमीतकुमार थापा रहेका छन्। उनी निजी गाडी चढेर कपिलवस्तुबाट काठमाडौं आएको खुलेको छ।
प्रहरीका अनुसार हुण्डी कारोबारको रकम भएको हुन सक्ने खुलेको छ। तर, यस विषयमा अनुसन्धानपछि मात्रै जानकारी हुने बताइएको छ।