आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, दुई जना घाइते

बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, दुई जना घाइते

तडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्। 
 |  सोमबार, पुस २०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २०, २०७७

धनगढी-  बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्। 

धनगढीबाट बझाङतर्फ जाँदै गरेको नम्बर नभएको (अनटेष्ट) ट्याक्टर जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको सिगास गाउँपालिका ९, बाँजपानीमा दुर्घटना भएको हो। 

दुर्घटनामा बझाङको बित्थडचीर  गाउँपालिका ४ का ४० वर्षीय जितबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको हो। 

ट्याक्टर चालक बझाङको बित्थडचीर गाउँपालिका ५ का ३२ वर्षीय नरेन्द्र महरा र ट्याक्टरमा सवार बित्थडचीर  गाउँपालिका ४ का २० वर्षीय कृष्ण बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले बताए। 

चालक महराको दुबै खुट्टा भाँच्चिएको छ भने कृष्ण बोहराको खुट्टामा चोट लागेको छ। घाइते दुबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरी निरीक्षक धामीले बताए।

ट्याक्टर सडकबाट करिब २०० मिटर तल खसेको धामीले बताए।

प्रकाशित: Jan 04, 2021| 05:31 सोमबार, पुस २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।