आइतबार, भदौ २१, २०८३

मेलम्चीको पानी वितरण गर्न केयूकेएलको योजना तयार 

मेलम्चीको पानी काठमाडौं आएपछि प्रभावकारी वितरण गर्नका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले योजना तयार गरेको छ। 
 |  सोमबार, पुस २०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २०, २०७७

काठमाडौं- मेलम्चीको पानी काठमाडौं आएपछि प्रभावकारी वितरण गर्नका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले योजना तयार गरेको छ। 

पानी काठमाडौंमा झर्नासाथ कसरी सबैतिर चुहावट कम गरेर वितरण गर्ने भनेर योजना तयार गरेर कार्यान्वयन गर्ने अवस्थामा रहेको लिमिटेडले जनाएको छ। 

यसअघि नै पानी आएपछि आउने चुनौती पहिचान गरेको र समाधानका लागि के गर्ने भन्ने तयारी अघि बढाइएको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए। 

उनका अनुसार लिमिटेडले खानेपानी वितरणका लागि तालिका पनि बनाएको र त्यसमा मन्त्रालय र बोर्ड पनि सहमत भइसकेका छन्। उपत्यकामा अहिले पानी वितरण भइरहेको पाइप सयौँ वर्ष पुरानो भएकाले चुहावट बढी हुनसक्छ। 

चुहावट मर्मतका लागि चाहिने सामग्री खरिद अघि बढाइएको उनले जानकारी दिए। एकै पटक धेरै जनशक्ति चाहिने हुँदा निर्माण कम्पनीको सूची तयार गरेर राखिएको छ। उनले भने, ‘त्यो सूची भएपछि एकै पटक धेरैलाई परिचालन गर्न सकिनेछ।’

पानी मर्मतको सिलसिलामा पाइपको पानी बाहिर पठाउनुपर्ने हुँदा त्यसको समेत तयारी गरिएको प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए। लिमिटेडले नियमित मर्मतसँगै मेलम्चीको पानी आएपछि थप चुहावट हुनसक्ने भनी तयारी अघि बढाएको छ।

गत साउनमा मेलम्ची खानेपानी आयोजनाले सुरुङमा पानी हाल्ने भनेपछि तयारी अघि बढाइएको थियो। अहिले पनि पुरानो पाइपमा चुहावट खाज्दै भेटिएका स्थानमा टालिएको लिमिटेडले जनाएको छ। 

अहिले देखिएका स्थानमा चुहावट टालिएको र अरु ठाउँमा देखिनासाथ टाल्न तयारी अवस्थामा बसिएको उनको भनाइ छ। पुरानो पाइपबाट वितरण गर्दा कतै पानी नपुग्ने ठाउँ हुनसक्ने भएकाले ती ठाउँ पहिचान गरी जडानमा ध्यान दिइनेछ। उनले भने, ‘कतै जडान गर्नुपर्ने त कतै हटाउनुपर्ने हुनसक्छ।’ 

पानी वितरणका लागि व्यवस्थापन गर्न प्रमुख कार्यकारी अधिकृत शाक्यको अध्यक्षतामा खानेपानी मन्त्रालय, निर्देशनालय र बोर्डका प्रतिनिधि रहने गरी समिति बनाइएको छ। 

प्रकाशित: Jan 04, 2021| 05:00 सोमबार, पुस २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।