आइतबार, भदौ २१, २०८३

दार्चुलामा हिमपात, जनजीवन प्रभावित

सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ। 
 |  सोमबार, पुस २०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २०, २०७७

धनगढी- सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ। 

दार्चुलाको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको हो। हिजो बिहानदेखि भइरहेको वर्षा र हिमपातका कारण जनजीवन प्रभावित बनेको छ। 

दार्चुलाको व्यास, अपि हिमाल, नौगाड, दुहुँ र मार्मा गाउँपालिकाको उच्च भूभागमा हिमपात भएको छ। व्यास र अपिहिमाल गाउँपालिकाको धेरैजसो भूभाग हिमपातले सेताम्मे भएका छन्। हिमपातका कारण चिसो बढेपछि स्थानीयहरुलाई घर बाहिर निस्कन र दैनिक काम समस्या भएको छ।
 
हिमपातपछि चिसो बढेकाले हिमाली क्षेत्रका विद्यालयमा पढाइ प्रभावित भएको छ। अपिहिमालका स्थानीय योगेन्द्र धामीले भने, ‘हिमपातले दैनिक जनजीवनमा प्रत्यक्ष प्रभाव पारेको छ।’

यो वर्ष हिमाली क्षेत्रमा दोस्रो पटक हिमपात भएको हो। मौसमको प्रतिकुलताका कारण दार्चुला जिल्लाको सञ्चार सेवा समेत अवरुद्ध भएको छ। सौर्य उर्जाबाट सञ्चालित टावरहरुमा शनिबारदेखि घाम नलागेर व्याट्री चार्ज नहुँदा टेलिफोन र इन्टरनेट सेवा बन्द भएको छ।

प्रकाशित: Jan 04, 2021| 04:44 सोमबार, पुस २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।