आइतबार, भदौ २१, २०८३

भारत लैजाँदै गरेका चार युवतीको गड्डाचौकीबाट उद्धार

कञ्चनपुरको गड्डाचौकीबाट भारतको दिल्ली लैजादै गरेका चार युवतीको उद्धार गरिएको छ। 
 |  सोमबार, पुस २०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २०, २०७७

धनगढी– कञ्चनपुरको गड्डाचौकीबाट भारतको दिल्ली लैजादै गरेका चार युवतीको उद्धार गरिएको छ। 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीले गड्डाचौकीबाट चार युवतीको उद्धार गरेको हो।  

उद्धार गरिएकामा एक जना मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-७ की २१ वर्षीया युवती छिन्।

अन्य तीन १८ वर्षीया, २३ वर्षीया र २७ वर्षीया युवती भने कञ्चनपुरका रहेका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए।उनीहरुलाई शान्ति पुनर्स्थापना केन्द्रमा बुझाइएको छ।

ती युवतीलाई भारतको दिल्लीतर्फ लैजाँदै गरेकी झापाको दमक नगरपालिका ७ की २८ वर्षीया रोशनी घिमिरे पक्राउ परेकी छन्। यसबारे थप अनुसन्धान सुरु गरिएकाे प्रहरीले जनाएकाे छ।

प्रकाशित: Jan 04, 2021| 04:09 सोमबार, पुस २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।