आइतबार, भदौ २१, २०८३

घुम्ती रक्तदानमा १६३ युनिट रगत संकलन

रक्तसञ्चार केन्द्र रामघाटमा रगतको अभाव भएपछि यहाँको एक संस्थाले गरेको सप्ताहव्यापी घुम्ती रक्तदान कार्यक्रममा १६३ युनिट रगत संकलन भएको छ। 
 |  सोमबार, पुस २०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २०, २०७७

गण्डकी- रक्तसञ्चार केन्द्र रामघाटमा रगतको अभाव भएपछि यहाँको एक संस्थाले गरेको सप्ताहव्यापी घुम्ती रक्तदान कार्यक्रममा १६३ युनिट रगत संकलन भएको छ। 

पोखरा च्याम्बर अफ कमर्स कास्कीको दोस्रो वार्षिकोत्सवको अवसरमा पोखराका विभिन्न छ स्थानमा गरिएको खुल्ला रक्तदान कार्यक्रममा १६३ युनिट रगत संकलन भएको हो। 

पोखराको विपिचोकमा २९, विरौटाचोकमा ४४, अमरसिंहचोकमा २१, बगरमाम २९, बूढीबजारमा २० र पृथ्वीचोकमा २० युनिट रगत संकलन भएको संस्थाका सचिवालय सदस्य एवं कार्यक्रम संयोजक रविबहादुर विकले जानकारी दिए। 

रक्तसञ्चार केन्द्र रामघाटको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा लगभग २० प्रतिशत महिलाको सहभागिता थियो।

साताव्यापी कार्यक्रमअन्तर्गत पोखराको मुख्य बजार पृथ्वीचोकमा भएको रक्तदान कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले रक्तदाता समिता रोकालाई ब्लडब्याग हस्तान्तरण गरेर कार्यक्रमको आरम्भ गर्दै रक्तदानमा सबैको साथ र सहयोगको खाँचो औँल्याए। 

प्रकाशित: Jan 04, 2021| 03:46 सोमबार, पुस २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।