आइतबार, भदौ २१, २०८३

सल्यानमा वन्यजन्तु उद्धार केन्द्र स्थापना

सल्यानमा वन्यजन्तु उद्धार केन्द्र स्थापना गरिएको छ।
 |  सोमबार, पुस २०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २०, २०७७

सल्यान। सल्यानमा वन्यजन्तु उद्धार केन्द्र स्थापना गरिएको छ।

घाइते भएका तथा अशक्त वन्यजन्तुको संरक्षणका लागि आपतकालीन उपचार तथा हेरचाह गर्ने उद्देश्यले उद्धार केन्द्र निर्माण गरिएको हो।  

डिभिजन वन कार्यालय सल्यानको परिसरमा रहेको उद्धार केन्द्रमा घाइते जनावरको उपचार गर्ने, अशक्त जनावरलाई खाना खुवाइने तथा ती सबै जनावरको पालनपोषण व्यवस्थित ढंगले गर्ने र निको भएपछि पुनः वासस्थानमा छोड्ने गरी व्यवस्था गरिएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ।

डिभिजनल वन अधिकृत रमेशकुमार गिरीले वन्यजन्तुको समग्र पारिस्थितिकीय प्रणालीलाई संरक्षण, व्यवस्थापन र सदुपयोग गर्ने उद्देश्यले वन्यजन्तु उद्धार केन्द्रको स्थापना गरिएको जानकारी दिए। उनले जिल्लामा नै पहिलोपटक वन्यजन्तु उद्धार केन्द्र स्थापना गरिएको उनको भनाइ छ। 

‘जिल्लामा विभिन्न कारणले वन्यजन्तु घाइते हुने गरेको र उनीहरूको उपचारका लागि उचित व्यवस्था नहुँदा समस्या हुँदै आएको थियो, उद्धार केन्द्र नहुँदा घाइते जीवजन्तुलाई प्राथमिक उपचार गरी जंगलमा नै छोड्दा समस्या भएको थियो अब त्यो समस्या हटेको छ’, गिरीले भने, ‘नागरिकको नियन्त्रणमा रहेका तथा वन्यजन्तुका साथै कुकुरको आक्रमणमा परेर घाइते भएका र सवारी साधनले ठक्कर दिएर घाइते भएका वन्यजन्तुको उद्धार गरेर राखिने छ, उपचारपश्चात् फेरि सोही स्थानमा छोडिने छ।’ 

घाइते अवस्थामा रहेका वन्यजन्तुलाई त्यसै छोड्दा मर्न सक्ने र लोप भएर जाने सम्भावना भएकाले वन्यजन्तुको संरक्षणका लागी यो कोसेढुंगा सावित हुने उनको भनाइ छ।
डिभिजन वन कार्यालयका अनुसार गत वर्ष मात्रै झण्डै दुई दर्जन वन्यजन्तुको उद्धार गरिएको थियो।

कार्यालयका सूचना अधिकारी मनोज शर्मा लम्सालले गत आर्थिक वर्षमा १४ वटा रतुवा, पाँच वटा घोरल, एउटा हाइना गरी २० वटा वन्यजन्तुको उद्धार गरिएको जानकारी दिए। 

यस्तै चालु आर्थिक वर्षको साउन महिनायता एउटा घोरल र एउटा वन बिरालो गरी दुई वन्यजन्तुको उद्धार गरिएको उनको भनाइ छ। रासस

प्रकाशित: Jan 04, 2021| 02:46 सोमबार, पुस २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।