बैतडी– सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा आइतबार बेलुका भूकम्पको धक्का महसुस गरिएको छ।
बेलुका ६ बजेर ४४ मिनेटमा बैतडीको डिलासैनी आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दहालले जानकारी दिएका हुन्।
भूकम्प ३.५ रेक्टर स्केलको रहेको जनाइएको छ । भूकम्पको धक्का बैतडीसहित दार्चुला र बझाङका केही क्षेत्रमा गरिएको थियो।
रासस