आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ : दाहाल-नेपाल समूहले प्रमुख सचेतकबाट राजभण्डारीलाई हटायो, राईलाई जिम्मेवारी

प्रदेश १ : दाहाल-नेपाल समूहले प्रमुख सचेतकबाट राजभण्डारीलाई हटायो, राईलाई जिम्मेवारी

नेकपा दाहाल–नेपाल समूहले प्रदेश १ को संसदीय दलको प्रमुख सचेतकबाट बुद्धिकुमार राजभण्डारीलाई हटाउने निर्णय गरेको छ।
 |  आइतबार, पुस १९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १९, २०७७

विराटनगर- नेकपा दाहाल–नेपाल समूहले प्रदेश १ को संसदीय दलको प्रमुख सचेतकबाट बुद्धिकुमार राजभण्डारीलाई हटाउने निर्णय गरेको छ।

संसदीय दलको बैठकले राजभण्डारीलाई कारबाही गर्दै सचेतक सौभाग्यवती राईलाई प्रमुख सचेतक बनाउने निर्णय गरेको हो। 

बैठकले प्रदेशसभा कार्यव्यवस्था समितिमा बुद्धिकुमार राजभण्डारी र इन्द्रमणि पराजुलीलाई फिर्ता बोलाएर लिलाबल्लभ अधिकारी र उपेन्द्र घिमिरेलाई पठाउने निर्णय पनि गरेको छ। 

बैठकले संसदीय दल बोर्ड पनि गठन गरेको छ। बोर्डमा संसदीय दलका नेता भीम आचार्य, उपनेता टंक आङ्बुहाङ, सचेतक शौभाग्यवती राई, अन्य नेताहरु राजेन्द्र राई, धिरेन्द्र शर्मा, इन्द्रबहादुर आङ्बो र जीवन घिमिरे छन् भने सदस्यसचिवमा तुलसी न्यौपाने छन्। 

बोर्डमा संसदीय दलका नेता, उपनेता र सचेतक पदेन सदस्य रहने छन्। पार्टीका केन्द्रीय सदस्य र सांसदहरुमध्येबाट ११ जनालाई अन्य सदस्यको रुपमा छानिएको हो। नेकपा प्रदेश १ मा एक अर्कालाई कारवाही गर्ने क्रम बढेको छ।

प्रकाशित: Jan 03, 2021| 14:15 आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।