आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विद्यालयसहित बन्द क्षेत्रहरु खोल्न सीसीएमसीको सिफारिस 

विद्यालयसहित बन्द क्षेत्रहरु खोल्न सीसीएमसीको सिफारिस 

कोभिड–१९ रोकथामसम्बन्धी उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी) ले महामारीका कारण बन्द रहेका विद्यालयलगायतका क्षेत्रहरु खोल्न मन्त्रिपरिषद्‍मा सिफारिस गर्ने निर्णय गरेको छ।
 |  आइतबार, पुस १९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १९, २०७७

काठमाडौं- कोभिड–१९ रोकथामसम्बन्धी उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी) ले महामारीका कारण बन्द रहेका विद्यालयलगायतका क्षेत्रहरु खोल्न मन्त्रिपरिषद्‍मा सिफारिस गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा आइतबार बसेको निर्देशक समितिको बैठकले मन्त्रिपरिषद्‍मा प्रस्ताव लैजाने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्र गुरागाईँले जानकारी दिए।

‘संक्रमण घटेकाले अहिले रोक लगाएका क्षेत्रहरु खोल्ने प्रस्ताव लैजाने निर्णय भएको छ,’ उनले भने, ‘अब सिफारिस भएका विषयमा मन्त्रिपरिषद्ले निर्णय गरेपछि कार्यान्वयन हुन्छ।’

सिनेमा घर, विद्यालय, जिमखाना लगायतका क्षेत्रहरु हालसम्म पनि बन्द नै रहेका छन्। 

बैठकले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखाना लगायतलाई बन्द गर्नसक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुला गर्न सकिने भन्दै सिफारिस गर्ने निर्णय गरेको हो।

नयाँ कोरोना भाइरसको संक्रमणको प्रवेश भएमा बढ्न सक्ने जोखिम र दोस्रो लहर आउन सक्ने अवस्थालाई ध्यान दिएर स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए/नभएको सम्बन्धमा नियमित अनुगमन गर्ने र लापरवाही गर्नेलाई कारबाही गर्ने निर्णय पनि गरिएको छ।

प्रकाशित: Jan 03, 2021| 13:42 आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।