आइतबार, भदौ २१, २०८३

नेकपा मोरङको पार्टी कार्यालयमा प्रहरीको पहरा

पार्टी कार्यालय प्रयोगका विषयमा विभाजित नेकपाभित्रको खिचातानीका कारण नेकपा मोरङको पार्टी कार्यालयमा प्रहरीले सुरक्षा दिन थालेको छ।
 |  आइतबार, पुस १९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १९, २०७७

विराटनगर- पार्टी कार्यालय प्रयोगका विषयमा विभाजित नेकपाभित्रको खिचातानीका कारण नेकपा मोरङको पार्टी कार्यालयमा प्रहरीले सुरक्षा दिन थालेको छ।

विराटनगर–११ पाञ्चालीमा रहेको कार्यालयमा प्रहरीबाट सुरक्षा प्रदान गर्न थालिएको हो। पार्टी कार्यालयको सुरक्षाका लागि गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरिसकेको छ। कार्यालयको सुरक्षा एवम् निगरानीका लागि अहिले हतियारसहितका र सादा पोसाकका प्रहरी परिचालन गरिएको छ।

पार्टी कार्यालयको विषयलाई लिएर प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहबीच विवाद र झडप हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षाका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको छ। सम्भावित घटना र सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै कार्यालयको सुरक्षा व्यवस्था कडा पारिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए। 

स्थानीय प्रशासनले सुरक्षाको व्यवस्था मिलाएको भए पनि मोरङमा नेकपाका दुई समूहबीच पार्टी कार्यालयको विषयलाई लिएर अहिलेसम्म विवाद भने भएको छैन। ओली समूहले पाञ्चालीमा रहेको मदन स्मृति भवनलाई पार्टी कार्यालयका रुपमा प्रयोग गरिरहेको छ। तत्कालीन नेकपा एमालेले प्रयोग गर्ने यो भवन एमाले र माओवादी एकीकरणपछि निर्माण भएको नेकपाले जिल्ला पार्टी कार्यालयका रुपमा प्रयोग गर्न थालेको थियो।

दाहाल–नेपाल समूहले विराटनगर तीनपैनीमा रहेको पूर्व माओवादीको पार्टी कार्यालय प्रयोग गरिरहेको छ। एकीकरणअघि तत्कालीन माओवादीले भाडामा लिएर प्रयोग गरिरहेको कार्यालय भवनबाट पार्टी विभाजनपछि अहिले दाहाल–नेपाल समूहले आफ्ना गतिविधि अघि बढाइरहेको हो। नेकपा निर्माणपछि भने यस कार्यालयलाई पार्टीको प्रदेश १ सम्पर्क कार्यालय बनाइएको थियो। 

नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले आफूहरु संस्थापन पक्ष भएकाले पाञ्चालीको कार्यालयमा दाहाल–नेपाल समूहको हक नलाग्ने बताए। 

नेकपा केन्द्रीय सदस्य महेश रेग्मीले बहुमत सदस्य दाहाल–नेपाल समूहमा रहेकाले पाञ्चालीको पार्टी कार्यालय प्रयोग गर्न पाउनुपर्ने बताए।

प्रकाशित: Jan 03, 2021| 13:33 आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।