आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दाहाल पत्नी सीतालाई थप उपचारका लागि भोलि भारत लगिँदै

दाहाल पत्नी सीतालाई थप उपचारका लागि भोलि भारत लगिँदै

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीतालाई थप उपचारका लागि भोलि भारत लैजाने तयारी भएको छ।
 |  आइतबार, पुस १९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १९, २०७७

काठमाडौं– नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीतालाई थप उपचारका लागि भोलि भारत लैजाने तयारी भएको छ।

दाहालका प्रेस संयोजक विष्णु सापकोटाले सीतालाई थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको जानकारी दिए। केही दिनयता अस्वस्थ भएपछि सीतालाई भारत लैजान लागिएको हो।  

स्रोतका अनुसार पत्नीको उपचारका लागि दाहाल पनि भारत जान सक्ने बताइएको छ। ‘अध्यक्षज्यू नगई सीताले उपचारका लागि जान मानिरहनुभएको छैन,’ स्रोतले भन्यो, ‘उहाँले मान्नुभएन भने अध्यक्ष पनि जानुहुनेछ।’

छोरीहरुले उपचारका लागि लैजान खोजे पनि सीताले जान नमानेका कारण अध्यक्ष दाहाल नै उपचारका लागि जान सक्ने देखिएको उनी निकट एक नेताले जानकारी दिए। 

पार्किन्सन जस्तो देखिने रोगबाट पीडित सीतालाई स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार मेडीसिटी अस्पताल भर्ना गरिएको थियो। यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो। सीतालाई भारतकाे मुम्बई लैजान लागिएकाे दाहालकाे सचिवालयले जनाएकाे छ। 
 

प्रकाशित: Jan 03, 2021| 13:13 आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।