आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सभापति देउवाद्वारा निरञ्जन कोइरालाको निधनप्रति दुःख व्यक्त

सभापति देउवाद्वारा निरञ्जन कोइरालाको निधनप्रति दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पुराना अग्रज व्यक्तित्व निरञ्जन कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका छन्।
 |  आइतबार, पुस १९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १९, २०७७

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पुराना अग्रज व्यक्तित्व निरञ्जन कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका छन्।

कोइरालाको भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा उपचारका क्रममा ७५ वर्षको उमेरमा निधन भएको हो। 
 
सभापति देउवाले आइतबार शोक विज्ञप्तिमार्फत उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। 

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले पनि निरञ्जनको निधनमा दुःख व्यक्त गरेका छन्।

केशव कोइराला र नोना कोइरालाका सुपुत्र निरञ्जन पार्टीका केन्द्रीय सदस्य डा. शेखर कोइरालाका दाजु हुन्। 

प्रकाशित: Jan 03, 2021| 13:00 आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।