हेटौंडा– बागमती प्रदेशसभाको सातौं बैठक माघ ७ गते बस्ने भएको छ। प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेशसभाको अधिवेशन आगामी माघ ७ गते दिनको ३ः०० बजे बस्ने गरी आह्वान गरेका हुन्।
प्रदेश सरकारले प्रदेशसभाको सातौं बैठक आगामी माघ ७ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेपछि प्रमुख प्रसाईले बैठक बोलाउन आह्वान गरेको प्रदेश प्रमुख सचिवालयका काननु अधिकृत राजेशकुमार तामाङले बताए।
प्रदेशसभाको छैटौं बैठक गत साउन ८ गते राति १२ः०० बजे अन्त्य भएको थियो। प्रदेशसभामा नेकपाका ८०, कांग्रेसका २२, नेपाल मजदुर पार्टीका दुई, विवेकशील साझा दलका तीन, राप्रपाका दुई र एक स्वतन्त्र सदस्य गरी कुल ११० सदस्य छन्।