आइतबार, भदौ २१, २०८३

हुम्लामा हिमपात हुँदा जनजीवन कष्टकर

सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा अत्यधिक चिसो बढेको छ। 
 |  आइतबार, पुस १९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १९, २०७७

सिमकोट– हुम्लामा आइतबार अपराह्न साढे १ः०० बजेदेखि निरन्तर हिमपात भइरहेको छ। 

शनिबार बिहानदेखि जिल्लाको मौसममा फेरबदल आएसँगै सदरमुकाम सिमकोटसहित उत्तरी क्षेत्रमा हिमपात हुँदा चिसो अत्यधिक बढेको छ। 

जिल्लामा पहिलोपटक मंसिरमा हिमपात भएको थियो भने त्यसयता हिमपात नहुँदा चिसो ह्वात्तै बढेको छ। 

जिल्लामा हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ भने तापक्रम माइनसमा झरेको छ। 

हिमपातपछि तापक्रम माइनसमा झरेसँगै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा अत्यधिक चिसो बढेको छ। 

उत्तरी नाम्खा गाउँपालिकामा बिहानदेखि हिमपात भइरहेको हिल्सा सीमा सुरक्षामा खटिएका हिल्सा बीओपीका इन्चार्ज सुरज केसीले जानकारी दिए। 

बिहानदेखि नारा तथा लेखसहित उच्च क्षेत्रमा हिमपात हुँदा चिसो अत्यधिक बढेर घरबाहिर निस्कनसमेत समस्या बनाएको केसीले बताए। 

हिमपात हुँदा किसान खुसी भएका छन्। जौ, गहुँ र उवा छर्ने समयमा हिमपात हुँदा जोत्नलाई सहज हुने भएपछि किसान खुसी भएका हुन्। 
लामो समय पानी नपरेकाले जमिन सुक्खा भएर जोत्न कठिन हुने देखिएका बेला हिमपातले त्यसलाई सहज बनाउने स्थानीयवासी हेमन्त बोहराले जानकारी दिए। रासस

प्रकाशित: Jan 03, 2021| 12:14 आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।