काठमाडौं– नेपालमा हालसम्म दुई लाख ५४ हजार ४९४ जना कोरोना संक्रमणमुक्त भएका छन्। यो कुल संक्रमितको ९७.२ प्रतिशत हो।
कुल संक्रमितको संख्या दुई लाख ६१ हजार ८५९ पुगेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले गत बुधबारदेखि आइतबारसम्म दुई हजार ३११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए।
यस अवधिमा तीन हजार १८२ जना संक्रममणमुक्त भएका छन्। गत बुधबारदेखि आइतबारसम्म ३८ को कोरोनाबाट मृत्यु भएको छ।