आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दाहाल-नेपाल समूहलाई ओलीको आग्रह- अपराध माफ गरौँला पार्टीमा फर्किनुस्

दाहाल-नेपाल समूहलाई ओलीको आग्रह- अपराध माफ गरौँला पार्टीमा फर्किनुस्

प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले दाहाल–नेपाल समूहका नेताहरुलाई ‘पार्टीमा फर्किन’ आग्रह गरेका छन्। 
 |  आइतबार, पुस १९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १९, २०७७

काठमाडौं- प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले दाहाल–नेपाल समूहका नेताहरुलाई ‘पार्टीमा फर्किन’ आग्रह गरेका छन्। 

आइतबार कार्की ब्याङ्केटमा अनेरास्ववियुले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै ओलीले दाहाल नेपाल समूहका नेताहरुलाई फर्किन आग्रह गरेका हुन्।

‘म तपाईँहरुले गरेको अपराध माफ गरौंला आउनुस पार्टीमा फर्किनुस।’, ओलीले भने।

उनले सम्बोधनका क्रममा पुष्पकमल दाहाललाई लक्षित गर्दै कार्यकारी दिँदा उपद्रो मच्चाएकाले उक्त भूमिकाबाट हटाए पनि पार्टी अध्यक्षबाट नहटाएको बताए।

‘वरिष्ठ नेताहरूलाई पार्टीमा जुन स्थान थियो त्यो कायमै राखिएको छ,’ उनले भने, ‘प्रवक्ताले अली बढी नै गर्नुभयो र हटाइएको हो। तर, सचिवालय सदस्य राखिएकै छ।’

केन्द्रीय कमिटी बैठकमा नेताहरु किन आएनन् भनेको त मण्डलामा हामी यहाँ छौँ भनेर बस्नु भएको रहेछ भन्दै दाहाल नेपाल समूहमाथि ओलीले व्यंग्य गरे।

उनले नक्सा छापिएअनुसारको भूमि जसरी पनि फिर्ता ल्याएर छाडिने बताए।

‘उहाँहरुले अस्ति सभा गर्नुभएछ। त्यहाँ राष्ट्रपतिको इज्जतमाथि धावा बोल्ने काम गर्नुभएछ,’ ओलीले भने, ‘राष्ट्रपति जस्तो प्रतिष्ठित व्यक्तिको उहाँहरुले इज्जतको ख्याल पनि गर्नुभएन, हुन त उहाँहरुको संस्कार नै त्यस्तै हो।’

संसद विघटन भइसकेपछि दर्ता भएको अविश्वास प्रस्ताव बिहानै दर्ता भएको भन्दै ओलीले सभामुख कीर्ते साक्षी बन्न खोजेको बताए। 

पार्टी विभाजन गर्नकै लागि दाहाल–नेपालले खुमलटारदेखि विभिन्न होटल र व्यक्तिहरुका घरमा ३१५ वटा बैठक बसालेको ओलीको भनाइ छ।

प्रकाशित: Jan 03, 2021| 12:00 आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।