आइतबार, भदौ २१, २०८३

ओली जनताको अधिकार खोस्ने भस्मासुर हुन् : यादव

‘ओली यस्ता व्यक्ति हुन् जो जनताको मत लिएर प्रधानमन्त्री बने र अहिले आएर जनताकै अधिकार ध्वस्त पार्न सक्रिय छ्न्। त्यसैले उनी भस्मासुर हुन्।’ 
 |  आइतबार, पुस १९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १९, २०७७

जनकपुरधाम– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताको अधिकार खोस्ने भस्मासुरको संज्ञा दिएका छन्।

समाजवादी युवा संघको प्रशिक्षण कार्यक्रमलाई आइतबार जनकपुरमा सम्बोधन गर्दै यादवले ओली देश र जनताका लागि भस्मासुर रहेको बताएका हुन्। 

उनले भने, ‘ओली यस्ता व्यक्ति हुन् जो जनताको मत लिएर प्रधानमन्त्री बने र अहिले आएर जनताकै अधिकार ध्वस्त पार्न सक्रिय छ्न्। त्यसैले उनी भस्मासुर हुन्।’ 

ओलीले आफ्नो पार्टीभित्र मात्र भई देशैभरि आगो लगाएको यादवको भनाइ छ। यादवले प्रधानमन्त्री ओलीले संविधानमाथि नै धावा बोलेको आरोप लगाए। 

उनले भने, ‘बहुमत पाएको सरकारले संविधानलाई सबैको संविधान बनाउनुपर्थ्याे। जबकि ओलीले पार्टी भित्रको विवादका कारण प्रतिनिधिसभा विघटन गरेर तानाशाही प्रवृत्ति देखाए।’

यादवले प्रधानमन्त्री ओलीले चुनाव नगराई संसंविधान नै नाश पार्ने योजनामा रहेको दाबी गरे। उनले नेपाली मोडेलको तथाकथित कम्युनिस्टमा लोकतन्त्र नरहेको दाबी गरे। 

जसपाका नेता शरदसिंह भण्डारीले ओलीले देशमा संघीयता नै नचाहेको आरोप लगाए।  उनले भने, ‘यो अपूर्ण संविधानले देशमा दुर्घटना गराउँछ भन्दै आएका थियौं। अहिले आएर त्यो साबित भएको छ।’

\संविधानमा  रक्षा गर्ने अभिभारा आफूहरुको काँधमा रहेको उनको भनाइ थियो । उनले भने, ‘जनतामा जान हामी सदैव तत्पर छौं।’

प्रकाशित: Jan 03, 2021| 11:59 आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।