आइतबार, भदौ २१, २०८३

संसद विघटनको कारण दाहालको आरोपपत्र : महासचिव पौडेल

नेकपाकाे ओली समूहका महासचिव विष्णु प्रसाद पौडेलले पुष्पकमल दाहालको आरोप पत्रका कारण संसद विघटन भएको बताएका छन्।
 |  आइतबार, पुस १९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १९, २०७७

भैरहवा- नेकपाकाे ओली समूहका महासचिव विष्णु प्रसाद पौडेलले पुष्पकमल दाहालको आरोप पत्रका कारण संसद विघटन भएको बताएका छन्।

अर्थमन्त्रीसमेत रहेका पौडेलले अध्यक्ष केपी ओलीविरुद्ध दाहालले पेश गरेको आरोप पत्र फिर्ता नहुँदा संसद विघटनको अवस्था आएको बताएका हुन्। उनले भने, ‘उहाँले प्रधानमन्त्रीलाई लगाएको आरोपपत्र फिर्ता लिएको भए संसद विघटन हुने थिएन होला।’

बुटवलमा आयोजित ओली समुहको कार्यकर्ता भेलामा पौडेलले कुनै पनि हालतमा अब संसद पुनर्स्थापना नहुने ठोकुवा गरे।

उनले अगाडि भने, ‘हामी पनि कानुन बनाउने मान्छे हो। अदालतले के गर्छ त्यो अलग विषय हो तर के छ कानुनमा, संविधानमा भन्ने हामीलाई पनि थाहा छ। संसद कुनै पनि हालतमा पुनर्स्थापना हुदैन।’

भेलामा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले दाहालले समान सत्ता चलाउन खोज्दा समस्या आएको बताए। उनले भने, ‘बाध्यताको कारण यस्तो भएको हो।’

यस्तै उर्जामन्त्री टोप बहादुर रायमाझी, छबिलाल विश्वकर्मालगायतका वक्ताले दाहालकै कारण पार्टीमा संकट आएको बताएका थिए।

भेलामा केपी ओलीको तस्बिर अंकित गलबन्दीसमेत वितरण गरिएको थियो।

प्रकाशित: Jan 03, 2021| 11:30 आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।