आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा २ मन्त्रीसहित ३ जना दाहाल-नेपाल समूहमा प्रवेश

कर्णालीमा २ मन्त्रीसहित ३ जना दाहाल-नेपाल समूहमा प्रवेश

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले ओली समूहको साथ छोडेका छन्। 
 |  आइतबार, पुस १९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १९, २०७७

सुर्खेत- कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले ओली समूहको साथ छोडेका छन्। 

पूर्व एमाले हुँदा दुबै जना ओली समूहबाट मन्त्री बनेका हुन्। त्यस्तै जुम्लाका सांसद पदमबहादुर रोकायले पनि ओली समूहको साथ छोडेका छन्।

मन्त्रीद्वय र सांसद रोकायाले काठमाडौँमा पुगेर पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहमा प्रवेश गरेको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पुष्टि गरे।

‘दुईजना मन्त्री र एक जना सांसद हाम्रो समूहमा (दाहाल–नेपाल) आइसक्नु भएको छ’ शाहीले भने, ‘केहीबेरमै पार्टी कार्यालयमा औपचारिक घोषणा हुन्छ।’ दुई जना मन्त्री र एक सांसदले साथ छोडेपछि कर्णालीमा ओली समूह झन कमजोर बनिरहँदा प्रदेश सरकार भने सुरक्षित बनेको छ।

नेकपाका ३३ जना सांसदमध्ये अब ओली समूहमा ११ जना र दाहाल–नेपाल समूहमा २२ जना सांसद पुगेका छन्।

प्रकाशित: Jan 03, 2021| 11:07 आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।