आइतबार, भदौ २१, २०८३

५ हजार ८०० को परीक्षण गर्दा ४२१ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, पुस १९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १९, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

५ हजार ८०० जनाको पीसीआर परीक्षण गरिएकोमा ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज थपिएकासहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा नेपालमा ६३७ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

डिस्चार्ज हुनेको कुल संख्या २ लाख ५४ हजार ४९४ पुगेको छ। हाल ५ हजार ४८७ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा ८ जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८७८ पुगेको छ।

प्रकाशित: Jan 03, 2021| 10:59 आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।