आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस क्रियाशील सदस्यताको टुंगो माघभित्र, फागुनमा महाधिवेशन अनिश्चित

कांग्रेस क्रियाशील सदस्यताको टुंगो माघभित्र, फागुनमा महाधिवेशन अनिश्चित

नेपाली कांग्रेसको क्रियाशील सदस्यताको टुंगो माघ मसान्तसम्म लगाउने निर्णय गरेको छ। 
 |  आइतबार, पुस १९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १९, २०७७

 काठमाडौं– नेपाली कांग्रेसले क्रियाशील सदस्यताको टुंगो माघ मसान्तसम्म लगाउने निर्णय गरेको छ। 

पार्टी केन्द्रीय कार्य समितिको आइतबार केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। 

यसअघि क्रियाशील सदस्यताको टुंगो मंसिर समान्तसम्म लगाउने भनिएको थियो। क्रियाशील सदस्यता टुंगो लगाउने समयसीमा थपिएसँगै कांग्रेसको १४ औं महाधिवेशन फागुनमा नहुने निश्चित भएको छ।  फाुगन ७ देखि १० गते १४ औं महाधिवेशन गर्ने कांग्रेसको कार्यतालिका छ।  

बैठकले महाधिवेशनको कार्यतालिकामा फेरबदल नगरे पनि ठिक समयमा महाधिवेशनको मिति टुंगो लगाउने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए। उनले  संसद् विघटन गर्ने सरकारकाे कदमविरुद्धकाे आन्दाेलन र अधिवेशनसँगै  अघि बढाइने  निर्णय भएकाे जानकारी दिए। 

बैठकले अन्तरपार्टी समायोजन भने टुंगो लगाएको छ। उपभासपति विमलेन्द्र निधिको संयोजकत्वको समायोजन समितिको प्रतिवेदन केन्द्रीय कार्य समिति बैठकले पारित गरेको प्रवक्ता शर्माले जानकारी दिए। 

प्रकाशित: Jan 03, 2021| 10:52 आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।