सोमबार, साउन ११, २०८३

दिल्ली : नयाँ वर्षमा नाइट कर्फ्यु

साल २०२० आज बिहीबारबाट सकिँदैछ। पूरा विश्व यो वर्षलाई बिदा गरेर २०२१ लाई स्वागत गर्न तम्तयार छ।
 |  बिहीबार, पुस १६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १६, २०७७

काठमाडौं– साल २०२० आज बिहीबारबाट सकिँदैछ। पूरा विश्व यो वर्षलाई बिदा गरेर २०२१ लाई स्वागत गर्न तम्तयार छ।

तर, मानिसको जोश र उत्साहलाई कोरोना महामारीले मत्थर  पारिदिएको छ। कोरोना संक्रमणको जोखिमका कारण खुलेर न्यू इयर इभ मनाउन सक्ने अवस्था छैन।

छिमेक भारतको राजधानी नयाँ दिल्लीमा नयाँ वर्षको सेलिब्रेसन गर्न रोक लगाइएको छ। पार्टी गर्दै रातको १२ बजे नयाँ वर्षलाई स्वागत गर्न आतुर युवा घरमै थन्किनुपरेको छ।

दिल्ली सरकारले जारी गरेको नयाँ निर्देशनअनुसार कहीँ पनि ५ जनाभन्दा बढी भेला हुन पाइनेछैन। नयाँ वर्षका लागि कुनै पनि किसिमको पार्टी वा सेलिब्रेसन गर्न रोक लगाइएको छ। 

३१ डिसेम्बरको राति ११ बजेदेखि १ जनवरीको बिहान ६ बजेसम्म दिल्लीमा कर्फ्यु घोषणा गरिएको छ। १ देखि २ जनवरीको राति पनि कर्फ्यु जारी नै रहनेछ।  

हालैमात्र देखा परेको कोरोना भाइरसको नयाँ भेरिएन्ट तीव्र गतिमा फैलिने तथ्य बाहिर आइरहेका बेला दिल्ली प्रशासनले प्रतिबन्धहरु घोषणा गरेको हो। 

पञ्जाब, महाराष्ट्र, कर्णाटक र राजस्थानमा पनि नाइट कर्फ्यु घोषणा गरिएको छ।

–नवभारत टाइम्स  
 

प्रकाशित: Dec 31, 2020| 05:59 बिहीबार, पुस १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।