शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • काठमाडौंमा नेकपा दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौंमा नेकपा दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन (फोटोफिचर)

प्रतिनिधिसभा विघटनविरुद्ध सडकमा उत्रिएको नेकपाको दाहाल–नेपाल समूहले काठमाडौंमा आज मंगलबार शक्ति प्रदर्शन गरेको छ।
 |  मंगलबार, पुस १४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १४, २०७७

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध सडकमा उत्रिएको नेकपाको दाहाल–नेपाल समूहले काठमाडौंमा आज मंगलबार शक्ति प्रदर्शन गरेको छ।

National life

काठमाडौंका विभिन्न स्थानबाट निस्केको जुलुश भृकुटीमण्डपमा पुगेर आमसभामा परिणत भएको छ। सभालाई पार्टीका अध्यक्ष तथा शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ। प्रदर्शनीमार्गको सडकलाई आमसभास्थल बनाइएको छ। 

टेकु, नयाँ बानेश्वर, मैतीदेवी, नक्साल, लैनचौर, कुलेश्वर, रत्नपार्क, बागबजार, कुपण्डोललगायत स्थानबाट जुलुस निकालिएको थियो।

आमसभालाई पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायत नेताहरुले सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिकरूपमा संसद् विघटन गरेको विषयमा आमसभाबाटै स्पष्ट पार्ने सो पक्षले जनाएको छ।

Shivam cement

 

प्रकाशित: Dec 29, 2020| 08:03 मंगलबार, पुस १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।