शनिबार, कात्तिक २९, २०८२

सलमान खानको बर्थडेमा काठमाडौंमा काटियो केक

बलिउड सुपरस्टार सलमान खानको ५५ औं जन्मोत्सव काठमाडौं पनि मनाइएको छ।
 |  सोमबार, पुस १३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस १३, २०७७

काठमाडौं- बलिउड सुपरस्टार सलमान खानको ५५ औं जन्मोत्सव काठमाडौं पनि मनाइएको छ। नायक खानले सञ्चालन गरिरहेको ‘बिइङ ह्युमन’ को नेपाली फ्रेञ्चाइज संस्थाले जन्मोत्सव मनाएको हो।

National life

बिइङ ह्यूमन क्लोथिङ नेपालको आयोजनामा दरबारमार्गस्थित किङ्ग्स् लाउञ्जमा केक काटेर सलमानको जन्मदिन मनाइएको हो। उक्त अवसरमा नायक भुवन केसी, नायिका सुष्मा कार्की, कोरियो ग्राफर तथा कलाकार प्रशान्त ताम्राकारलगायत कला क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

नायक भुवन केसी, सुष्मा कार्की, प्रशान्त ताम्राकारसहितका कलाकार सँगै आयोजकहरूले पनि एकैसाथ केक काटेर सलमानको जन्मदिन मनाएका छन्। कार्यक्रममा सलमान खानले कलाकारिता यात्रासँगै सामाजिक क्षेत्रमा गरिरहेको योगदानको चर्चा गरिएको थियो।

नायक भुवन केसीले कला क्षेत्रमा लाग्नेहरूका लागि सलमान खान प्रेरणाका स्रोत भएको बताए। कार्यक्रममा गायक–गायिकाहरूले नायक सलमान खानले अभिनय गरेका चलचित्रका एक दर्जनभन्दा बढी गीत प्रत्यक्ष रुपमा गाएका थिए। 

Laxmi sunrise bank
kumari

खाद्यान्न वितरण

बिइङ ह्यूमन क्लोथिङ नेपालले बलिउड नायक सलमान खानको जन्मदिनको अवसरमा सिडिएनए संस्थासँगको सहकार्यमा आइतबार काठमाडौंको कपनस्थित शारीरिक रुपमा अपाङ्गता भएका बालबालिका रहेका बालगृहलाई ४५ हजार रुपैयाँ बराबरको खाद्य सामग्री प्रदान गरेको छ।

बिइङ ह्युमन क्लोथिङ नेपालको मातृ संस्था नवसमृद्धि इन्टरप्राइजेजका निर्देशक सुरज केसीले नेपालमा रहेका सलमान खानका फ्यानहरूलाई उनले गरेको सामाजिक कार्यको पाटो प्रस्तुत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

प्रकाशित: Dec 28, 2020| 13:03 सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्