मंगलबार, माघ ६, २०८२

एन्फा प्रवक्ता राईले राजीनामा दिए

अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले राजीनामा दिएका छन्।
 |  सोमबार, साउन १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन १८, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले राजीनामा दिएका छन्। उनले आज सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दै राजीनामा घोषणा गरेका हुन्।

एन्फा प्रवक्ताको रुपमा उनले तीन वर्ष तीन महिना काम गरेका छन्। २०७५ वैशाखमा एन्फा सदस्यमा निर्वाचित भएपछि उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो।  

पत्रकार सम्मेलन गर्दै उनले 'अर्ली इलेक्सन' को माग गरेका छन्। प्रवक्ताबाट राजीनामा दिए पनि एन्फा केन्द्रीय सदस्यबाट भने नदिएको राईले बताएका छन्। 'मैले आफ्नो विचार स्वतन्त्र रुपमा राख्नका लागि राजीनामा दिएको हो। पछिलो समय उपाध्यक्ष र कोचको विवाद राम्ररी समाधान सकेन। कार्यसमितिबाट गल्ती हुँदै आएको छ,' उनले भने।

'फुटबलको समस्या खेलकुद मन्त्रालयले समाधान गर्न सक्दैन। पछि राखेप हुँदै एन्फामै आउन बेर लाग्दैन। फुटबलका नर्म्स मन्त्रालयमा नहुन पनि सक्छ। त्यसबारे बहस गर्नका लागि मैले राजीनामा गरेको हुँ,' राईले भने।

अहिले एन्फामा शक्ति संघर्ष चलेको भन्दै उनले अब ६ महिनाभित्र चुनाव हुनुपर्ने बताए। अब फुटबल गतिविधिमा राजनीतिको असर पर्नु हुँदैन। 'अरु तरिकाबाट समस्याको समाधान नहुने भएपछि मैले अर्ली इलेक्सन चाइयो भनेको हो,' उनले भने।

आफूले कुनै राजनीतिक कारण र दबाबले राजीनामा नदिएको उनले बताए। 'मेरो राजीनामा चुनाव जित्ने स्टन्ट होइन। चुनाव लड्न पनि सक्छु, नलड्न पनि सक्छु। यसको अर्थ कित्ता क्लियर होइन। मेरो अर्को मोर्चा बनाउने योजना होइन,' उनले भने।

उनले कार्यसमितिमा पनि कोच र वरिष्ठ उपाध्यक्षबीचको विवाद एन्फाबाटै समाधान गर्नुपर्ने माग राखेका थिए। उनले पंकजलाई अन्याय भएको बताएका छन्। 
प्रकाशित: Aug 02, 2021| 15:42 सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।