बिहीबार, कात्तिक २७, २०८२

तुइन तर्दा हरेक वर्ष ज्यान गुमाउँछन् व्यासबासी

महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर बेपत्ता भएका दार्चुलाको व्यास गाउँपालिका–२ मालका ३३ वर्षीय जयसिंह धामीको अवस्था चार दिनसम्म पनि अज्ञात छ।
 |  सोमबार, साउन १८, २०७८

भीम चौधरी

भीम चौधरी

सोमबार, साउन १८, २०७८

धनगढी– महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर बेपत्ता भएका दार्चुलाको व्यास गाउँपालिका–२ मालका ३३ वर्षीय जयसिंह धामीको अवस्था चार दिनसम्म पनि अज्ञात छ। गएको शुक्रबार भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइनको डोरी काटिदिएपछि जयसिंह नदीमा खसेका थिए।

National life

दुई साताअघि पनि सोही वडाका २६ वर्षिय धनसिंह धामी मालघाटमै तुइन तर्ने क्रममा महाकाली नदीमा खसेका थिए। तुइन सञ्चालक कल्याणसिंह धामीले भने, ‘उनी ताम्लो नबाँधी तुइनबाट बस्तीमा आउँदै थिए। त्यही लापरबाहीका कारण नदीमा खसे तर, पौडी खेल्न आउने भएकाले बचे।’

पछिल्लो समय दैनिक रुपमै एसएसबीले तुइन हटाउँदै आएको कल्याणसिंहले बताए। वडा नम्बर २ स्थित मालघाटमा तुइन सञ्चालन गरिरहेका धामीले भने, ‘मेरो घाटमा सञ्चालन भएको तुइनमा भारतीय पक्षले डोरी काट्दा मानिस बेपत्ता नै भएको चाहिँ यो पहिलो घटना हो।’

भारतीय पक्षले धार्चुला–लिपुलेक सडक एकलौटी रुपमा निर्माण गर्न लागेपछि सो वडामा गस्ती बढेको छ। व्यास गाउँपालिका–२ का वडाध्यक्ष गणेशसिंह धामीले हरेक वर्ष तुइन तर्ने क्रममा एक जनाले ज्यान गुमाउनुपरेको बताए। ‘यहाँ तुइनको सहाराले नेपालका अन्य जिल्ला प्रवेश गर्नुपर्ने बाध्यता छ। २०५० सालदेखि हालसम्मको तथ्यांक निकाल्दा तुइनका कारण २६ जनाको मृत्यु भएको छ।’ 

वडाध्यक्ष धामीले भने, ‘भारतीय पक्षले गस्ती बढाएपछि चार वर्षमा चार जनाले ज्यान गुमाएका छन्। यो मेरो वडाको मात्र तथ्यांक हो। वडा नम्बर ४ मा पनि समस्या यस्तै छ।’

Laxmi sunrise bank
kumari

बेपत्ता जयसिंहका भाइ नरेन्द्र धामीले एसएसबीको ज्यादती धेरै पहिलेदेखि नै नेपालीले भोग्दै आएको बताए। 'सो बाटो भएर नदी तर्नुपर्ने हाम्रो बाध्यता छ। एसएसबीले नेपालीप्रति अमानवीय व्यवहार देखाउँदै आएको छ। हामी त्यो सहेर जोखिम मोल्दै तुइन तर्ने गरेका छौं। अहिले त निर्दोष व्यक्तिले बाटो हिँडेकै कारण ज्यान गुमाउनपर्ने अवस्था आयो।’

प्रकाशित: Aug 02, 2021| 15:19 सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।