बिहीबार, भदौ ४, २०८३

उपचार नपाएको भन्दै कोशी अस्पतालमा बिरामीको आन्दोलन

स्वास्थ्य परीक्षण गर्न नपाएपछि कोशी अस्पताल विराटनगरमा आएका सेवाग्राही आन्दोलित भएका छन्। स्वास्थ्य उपचार पाउनुपर्ने माग राख्दै सोमबार बिरामीहरूले अस्पताल प्रशासन अगाडि आन्दोलन गरेका हुन्।
 |  सोमबार, साउन १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन १८, २०७८

विराटनगर- स्वास्थ्य परीक्षण गर्न नपाएपछि कोशी अस्पताल विराटनगरमा आएका सेवाग्राही आन्दोलित भएका छन्। स्वास्थ्य उपचार पाउनुपर्ने माग राख्दै सोमबार बिरामीहरूले अस्पताल प्रशासन अगाडि आन्दोलन गरेका हुन्।

विराटनगर-५ का सेवाग्राही मोहम्मद हुसेनले भिडियो एक्सरेको बिल काटिसक्दा पनि ल्याबमा परीक्षण गर्न नपाएको गुनासो गरे। स्वास्थ्य उपचार पाउने नागरिकको नैसर्गिक अधिकार भए पनि चिकित्सक अभाव भन्दै कोशीमा आएका बिरामीलाई उपचारबाट बञ्चित गराउन खोजिएको उनको गुनासो छ। अस्पतालमा एउटा मात्र बीमाको काउन्टर हुँदा बिरामीले सास्ती पाएकोले थप काउन्टर विस्तार गर्नुपर्नेमा अस्पताल प्रशासनले चासो नदेखाएको बिरामीका आफन्त बताउँछन्। 

बिरामीका आफन्तहरूले ल्यावमा परीक्षण गर्ने कोटा सिस्टम लागू गरेको भन्दै अस्पताल प्रशासन अगाडि नाराबाजी गर्दै विरोध गरेका छन्। सयौंको संख्यामा उपसि्थत भएका बिरामीले स्वास्थ्य परीक्षण गर्न पाउनुपर्ने माग राख्दै अहिले अस्पताल अगाडि नाराबाजी जारी राखेका छन्। बिरामीको भिड अस्पताल प्रशासन अगाडि जम्मा भएर नाराबाजी गर्न थालेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

दुई जना रेडियोलोजिस्टको राजीनामापछि कोशी अस्पतालको ल्याबमा रेडियोलोजिष्ट चिकित्सकको अभाव छ। अस्पतालमा अहिले एकजना मात्र रेडियोलोजिस्ट छन्। अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मीनारायण यादवले रेडियोलोजिस्टको अभावले गर्दा न्यून संख्यामा परीक्षण भएको बताए।

अस्पताल विकास समितिले तीन जना रेडियोलोजिस्ट चिकित्सकलाई करारमा नियुक्त गरेको थियो। डा. अंशु श्रेष्ठ, डा. सितेश कोइराला र डा. राजा सुवालमध्ये डा. श्रेष्ठ र डा. कोइरालाले राजिनामा दिएका छन्। अहिले अस्पतालमा डा. राजा सुवालले मात्र रेडियोलोजिस्ट विभाग सम्हालिरहेका छन्। आइतबार अत्यधिक भिड भएपछि अस्पतालले दैनिक २० जनाको कोटा लागू गरेको बुझिएको छ। त्यसको विरोधमा सोमबार अस्पतालअगाडि बिरामीले कोटा सिस्टम खारेज गरिनुपर्ने र चिकित्सक थप गरी अस्पतालले बिरामीलाई चाँडो सेवा दिनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका छन्।

प्रकाशित: Aug 02, 2021| 15:06 सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।