बिहीबार, असोज १, २०८३

अन्तरिक्षमा पनि मदिरा पार्टी

२३ वर्षअघि अन्तरिक्ष पुगेका रुसी अन्तरिक्ष यात्रीले स्पेस स्टेसनमा मदिरा पार्टी गरेको तस्बिर सार्वजनिक भएको छ।
 |  मंगलबार, मंसिर ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३०, २०७७

काठमाडौं– २३ वर्षअघि अन्तरिक्ष पुगेका रुसी अन्तरिक्ष यात्रीले स्पेस स्टेसनमा मदिरा पार्टी गरेको तस्बिर सार्वजनिक भएको छ। सन् १९९७ मा मीर स्पेस स्टेसनमा अन्तरिक्ष यात्रीले मदिरा पिएका हुन्।

अन्तरिक्षमा मदिरा प्रतिबन्धित भए पनि उनीहरुले आफूसँग लुकाएर ब्रान्डी लिएर गएका थिए। अल्कोहल प्रयोग हुने माउथवास, हेन्ड स्यानिटाइजर, पर्फ्युम आदिसमेत अन्तरिक्षमा लैजान प्रतिबन्ध छ।  

अन्तरिक्षसम्म मदिरा लैजान उनीहरुले अनौठो तरिका अपनाएका थिए, जसको खुलासा भर्खरैमात्र भएको छ। अन्तरिक्ष यात्री आफैंले यसको खुलासा गरेका छन्। उनीहरुले विशेष किसिमको सुट (अन्तरिक्ष यात्रीले लगाउने कपडा) मा ब्रान्डीको बोतल लुकाएका थिए। 

जुसको बोतल भनेर भनेर ढाँटेर उनले मदिरा लगेको स्वीकार गरेका छन्। एक यात्रीले त आफ्नो नाडीमा पनि ब्रान्डीको सानो बोतल लुकाएका थिए। कतिपयले आफ्नो वजन कम देखाउन कम खानेकुरा खाएका थिए, तासक बचेको वजनमा मदिरा लुकाएर लैजान सकियोस्। 

–नवभारत टाइम्स
 

प्रकाशित: Dec 15, 2020| 07:23 मंगलबार, मंसिर ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।