बुधबार, भदौ ३१, २०८३

एउटै बोटमा दुई घरी केरा !

‘यो न्यौपानेको घरको खुसी मात्र होइन, सिंगो इन्द्रावती गाउँपालिकाको गौरवको विषय हो। यसको अनुसन्धानमा गाउँपालिकाले सहयोग गर्नेछ।’
 |  सोमबार, मंसिर २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २९, २०७७

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ सिपातीनघरेका किसान शंकरनाथ न्यौपानेको बगैँचामा दुर्लभ केरा फलेको छ।

‘एकै बोटमा कसरी दुई घरी केरा फले’ भनेर सोध्न आउनेलाई बुझाउँदा–बुझाउँदा थाकिसकेका न्यौपाने  यति बेला आफैं पनि चकित छन्।

शिक्षण पेसामा जीवन बिताएका न्यौपानेले पेसागत कामको सिलसिलामा धेरैतिर हिँडे। अनेक आश्चर्यका कुरा सुने, आफूले सुनेका कुरा विद्यार्थीलाई सुनाए पनि।

यस्तो आश्चर्यको खबर न उनले आफू ७१ वर्षको हुँदासम्म कसैबाट सुने, न कसैलाई सुनाउने अवसर पाए।

तर, अहिले आफ्नै घरपछाडि बगैँचामा एउटै बोटमा दुई घरी केरा देखेर उनी र उनकी पत्नी दीपा मात्रै होइन– छरछिमेक पनि चकित छन्।

न्यौपाने  भन्छन्, ‘हेर्न आउने, सेल्फी खिच्ने, टिकटक र भिडियो बनाउन आउनेहरुलाई एउटै कुरा कति चोटि भन्नु?’ 

सबैले कसरी यस्तो फल फल्यो भनेर सोध्छन्। कसरी फल्यो भनेर जवाफ दिन उनीसँग पनि ठोस उत्तर छैन।

हेर्न आउनेले बारीमै देवी प्रकट भइन् र साह्रै शुभ लक्षण देखियो भनेर चकित पर्ने गरेको न्यौपाने बताउँछन्। 

चर्चा चुलिँदै गएपछि इन्द्रावती गाउँपालिकासम्म खबर पुग्यो। गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ पनि न्यौपानेको बारीमा पुगे। उनी पनि आफूले पहिलो पटक यस्तो दृश्य देखेको बताउँछन्। 

वृद्ध उमेरमा पनि मिहिनेत गरेर खेतीकिसानीमा लागेको र अझ दुर्लभ फल हुर्काएको भन्दै न्यौपानेलाई बधाई मात्रै दिएनन्, गाउँ कार्यपालिकाको बैठकबाटै पारित गरेर विशेष सम्मान पनि गर्ने वचन दिए। 

उनले भने, ‘यो न्यौपानेको घरको खुसी मात्र होइन, सिंगो इन्द्रावती गाउँपालिकाको गौरवको विषय हो। यसको अनुसन्धानमा गाउँपालिकाले सहयोग गर्नेछ।’

कृषि वैज्ञानिक मनीषकुमार ठाकुरले पनि एउटा बोटमा एकैपटक दुई घरी केरा फल्नु अनौठो संयोग भएको बताए। उनले भने, 'यो हाम्रा लागि पनि अनुसन्धानको विषय हो।’

प्रकाशित: Dec 14, 2020| 07:35 सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।