बुधबार, भदौ ३१, २०८३

‘मोदी’ नाम गरेको भेडाको मूल्य एक करोड पाँच लाख 

भारतको महाराष्ट्रको सांगली जिल्लामा सो भेडालाई ७० लाख रुपैयाँमा बेच्ने प्रस्ताव  मालिकले अस्वीकार गरेका हुन्।
 |  आइतबार, मंसिर २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २८, २०७७

अनौठो रुप र गुणस्तरीय मासुका लागि प्रसिद्ध ‘मेडगयाल’ जातको एउटा भेडोको ७० लाखमा बेच्न गरिएको प्रस्ताव मालिकले अस्वीकार गरेका छन्। 

भारतको महाराष्ट्रको सांगली जिल्लाका भेडा पालक बाबु मेटकरीले ७० लाख रुपैयाँमा बेच्ने प्रस्ताव  अस्वीकार गरेका हुन्। उनले भेडाको मूल्य एक करोड पाँच लाख रुपैयाँ राखेका छन्। 

अन्य जातका भेडाभन्दा यो ठूलो आकारको हुन्छ। प्रजननका लागि यो जातको भेडाको माग धेरै छ। 

एक अधिकारीका अनुसार राज्यको पशुपालन विभागले भेडाको यो नस्लको नाम तहसिलको मेडगयाल गाउँको नामका आधारमा राखेको हो।

भेडापालक मेटकरीसँग २०० वटा भेडा छन्। एउटा मेलामा भेडालाई ७० लाख रुपैयाँमा किन्ने प्रस्ताव मेटकरीले अस्वीकार गरेका हुन्। 

मेटकरीका अनुसार त्यो भेडाको नाम सरजा हो। तर मानिसहरुले त्यो भेडाको तुलना भारतीय प्रधानमन्त्री मोदीसँग गर्छन्।

उसको नाम मोदी राखिएको छ। जसरी मोदीले चुनाव जितेर प्रधानमन्त्री बने, त्यसरी नै सरजाले जुनसुकै मेला र बजारमा धेरै मानिसको ध्यान खिचेकाले उसको नाम मोदी राखिएको उनको भनाइ छ। मेटकरीले सरजा परिवारका लागि शुभ रहेकाले बेच्न नचाहेको बताए। 

महाराष्ट्रको भेडा एंव बाख्रा विकास निगमका सहायक निर्देशक डा. सचिन टेकाडेले सन् २००३ को एक सर्वेक्षणअनुसार सांगली जिल्लामा शुद्ध ‘मेडगयाल’ नस्लका पाँच हजार ३१९ भेडा थिए। तर निगमको प्रसारपछि अहिले सांगली जिल्लामा भेडाको संख्या १५० लाख भन्दा धेरै छ। जसमा मेडगयाल नस्लका भेडा धेरै छन्। 
अमरउज्यालाबाट
 

प्रकाशित: Dec 13, 2020| 09:07 आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।