मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

यी १० बलिउड चलचित्र जसले ताेडे बक्स अफिसकाे रेकर्ड

पछिल्लो एक दशकमा बलिउडका धेरै चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरे। 
 |  शनिबार, मंसिर २७, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २७, २०७७

काठमाडौं। पछिल्लो एक दशकमा बलिउडका धेरै चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरे। 

triton college

तर, यहाँ यस्ता १० चलचित्रको चर्चा गर्न लागिएको छ,, जसले व्यापारकाे मामलामा सबै रेकर्ड तोडे। 

१. बाहुबली २

यो सूचीमा भारतका सुपरस्टार प्रभासको चलचित्र ‘बाहुबली २’ पहिलो नम्बरमा छ। यसले बक्स अफिसमा ५१० करोड भारतीय रूपैयाँभन्दा बढी व्यापार गर्‍यो। 

एसएस राजमौलीको यो चलचित्र ‘ड्रामा’ चलचित्र हाे। यसले बक्स अफिसको सबै रेकर्ड तोडेको थियो। 

Metro Mart
vianet

२. दंगल

दोस्रो नम्बरमा अभिनेता आमिर खानको चलचित्र ‘दंगल’ रहेको छ।

यो चलचित्रमा राष्ट्रिय स्वर्णपदक विजेता दुई बहिनीको कथा छ। यसले बक्स अफिसमा ३७४ करोड भारतीय रूपैयाँकाे व्यापार गरेको थियो। 

३. टाइगर जिन्दा हे

सलमान खानको चलचित्र ‘टाइगर जिन्दा हे’ तेस्रो नम्बरमा छ। 

यसले बक्स अफिसमा ३४० करोड भारतीय रूपैयाँको व्यापार गरेको थियो। 

यो सलमानको करिअरको सबैभन्दा ठूलो चलचित्र थियो। 

यस चलचित्रमा कटरिना कैफको पनि अहम् भूमिका थियो।

४. पिके

चौथो नम्बरमा आमिर खानको चलचित्र ‘पिके’ रहेको छ। 

यो चलचित्र धेरै विवादमा थियो। सन् २०१४ मा रिलिज भएको चलचित्रले ३३७ करोड भारूको व्यापार गरेको थियो। 

यसमा अनुष्का शर्माको पनि अहम् भूमिका थियो।

५. सञ्जु

रणवीर कपुर अभिनित चलचित्र ‘सञ्जु’ पाँचौं नम्बरमा छ। यो चलचित्रमा रणवीर सञ्जय दत्तको भूमिका निभाएका थिए। 

यो चलचित्र सञ्जय दत्तको जीवनीमा आधारित छ। बक्स अफिसमा यसले ३३४ करोड भारूको व्यापार गरेको थियो।

६. बजरंगी भाइजान 

‘बजरंगी भाइजान’ छैठौं नम्बरमा रहेको छ। यो चलचित्रमा सलमान खानको मुख्य भूमिका छ। यसले बक्स अफिसमा ३१५ करोड भारूको व्यापार गरेको थियो। 

७. सुल्तान

सलमान खानकै ‘सुल्तान’ सातौं नम्बरमा छ। यसले बक्स अफिसमा ३०० करोड भारूको व्यापार गरेको थियो। 

८. वार

ऋतिक रोशन र टाइगर श्राफ अभिनित चलचित्र ‘वार’ ले बक्स अफिसमा २९२ करोड भारूको व्यापार गरेको थियो। 
ऋतिक र टाइगर एक साथ काम गरेको यो पहिलो चलचित्र थियो। 

९. पद्‍मावत

संजयलीला भन्सालीको निर्देशनमा बनेको चलचित्र ‘पद्‍मावत’ नवौं नम्बरमा छ। 

यस चलचित्रमा शाहिद कपूर, रणवीर सिंह र दीपिका पादुकोणको मुख्य भूमिका छ। 

यो चलचित्र रिलिजका बेला धेरै विवाद भएको थियो। 

यसले बक्स अफिसमा २८२ करोड भारूको व्यापार गरेको थियो। 

१०. तानाजीः द अनसंग वारियर

अजय देवगनको चलचित्र तानाजीः अनसंग वारियर दशौं नम्बरमा छ।

यसले बक्स अफिसमा २६९ भारूको व्यापार गरेको थियो। 

यसमा सैफ अली खानको पनि मुख्य भूमिका थियो। 

प्रकाशित: Dec 12, 2020| 14:27 शनिबार, मंसिर २७, २०७७
प्रतिक्रिया दिनुहोस्