बिहीबार, वैशाख ३१, २०८३

गरिब बालिकाको पढाइमा सहयोग गर्दै तापसी पन्नू

तापसी पछिल्लो पटक फिल्म 'थप्पड' मा देखिएकी थिइन्। यो फिल्म खासै चलेन तर उनको अभिनयको निकै तारिफ गरिएको थियो।
 |  सोमबार, मंसिर २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २२, २०७७

बलिउड अभिनेत्री तापसी पन्नू फिल्मका साथै सामाजिक काममा समेत सक्रिय छिन्।

National life

उनले नारी सशक्तीकरणको मुद्दा उठाउँदै आएकी छन्। अब उनले गरिब बालिकाको पढाइमा सहयोग गर्ने भएकी छन्।

तापसीले अन्शुला कपुरको फ्यानकाइन्ड र नन्ही कली नामको एनजीओसँग मिलेर भारतका फरक–फरक स्थानका गरिब बालिकाको पढाइमा सघाउन लागेकी हुन्।

उनले आफ्ना फ्यानसँग समेत सहयोगका लागि अपिल गरेकी छन्। यो अभियानमा सहयोग गर्ने पाँच जना फ्यानसँग उनले भर्चुअल डेट गर्ने बताएकी छन्। पहिले पनि उनले नन्ही कलीसँग मिलेर काम गरिसकेकी छन्।

बालिकालाई शिक्षित बनाउँदा पूरै देशलाई ठूलो फाइदा पुग्ने तापसी बताउँछिन्। उनको अभियान ७ डिसेम्बरदेखि २१ डिसेम्बरसम्म चल्नेछ। यसबाट पन्जाब, उत्तर प्रदेश, पश्चिम बंगाल, मध्य प्रदेश, गुजरात, महाराष्ट्र, आन्ध्र प्रदेश र तमिलनाडुका बालिका प्रभावित हुने बताइएको छ।

तापसी पछिल्लो पटक फिल्म 'थप्पड' मा देखिएकी थिइन्। यो फिल्म खासै चलेन तर उनको अभिनयको निकै तारिफ गरिएको थियो। तापसी अहिले 'रश्मी रकेट'को सुटिङ गरिरहेकी छन्। यसका साथै उनीसँग क्रिकेटर मिताली राजको बायोपिक 'शाबश मितु, लूप लपेटा' र 'हसीन दिलरुबा' जस्ता फिल्म छन्।

-नवभारत टाइम्स

प्रकाशित: Dec 07, 2020| 11:22 सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्