बुधबार, भदौ ३१, २०८३

निरञ्जन कुँवरले ल्याए ‘बिट्विन क्विन्स एन्ड द सिटिज’ 

लेखक निरञ्जन कुँवरको अङ्ग्रेजी पुस्तक ‘बिट्विन क्विन्स एन्ड द सिटिज’ सार्वजनिक गरिएको छ। 
 |  आइतबार, मंसिर २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०७७

काठमाडौं– लेखक निरञ्जन कुँवरको अङ्ग्रेजी पुस्तक ‘बिट्विन क्विन्स एन्ड द सिटिज’ सार्वजनिक गरिएको छ। 

शनिबार पुस्तकको भर्चुअल विमोचन गरिएको हो। पुस्तकमा लेखक कुँवरले लैङ्गिक पहिचान, समलिङ्गी सम्बन्ध र रूढिवादी नेपाली समाजमा आफ्नो स्वअस्तित्वको खोज गर्ने प्रयास गरेका छन्। 

नेपाली ‘गे’ले लेखेको सम्भवतः पहिलो संस्मरणात्मक पुस्तक हुन सक्ने प्रकाशक फाइनप्रिन्टले जनाएको छ। 

कार्यक्रममा लेखक मञ्जुश्री थापाले बिट्विन क्विन्स एन्ड द सिटिज’ लयात्मक र मन छुने पुस्तक भएको बताइन्। उनले भनिन्, ‘पुस्तकले लैङ्गिक अल्पसङ्ख्यकलाई आफ्नो लैंगिकता र पहिचानबारे बोल्ने भाषा दिएको छ।’ 

पुस्तकले आफ्नो वरिपरिका मानिसभन्दा पृथक् भएर नेपालजस्तो ठाउँमा हुर्कनु कति गाह्रो र कति डरलाग्दो हुन्छ, भनेर देखाउन खोजेको उनको भनाइ छ। 

पुस्तकमाथि टिप्पणी गर्दै ब्लगर लेक्स लिम्बुले ‘बिट्विन क्विन्स एन्ड द सिटिज’ ले थुप्रै क्वयेरहरुलाई आफ्नो अनुभव बाँड्न प्रोत्साहित गर्ने बताए। 

युवा वयस्कताको सुरुवाती समयमै नेपाली ‘गे’ का रुपमा अनुभवबारे लेख्ने प्रेरणा 

मिलेको लेखक कुँवरले बताए। उनले भने, ‘त्यो प्रेरणाका पछाडि नेपाली साहित्यिक धरातलमा ठूलो खाडल छ भन्ने ज्ञान थियो।’  उनले आफूले लेखनको उद्देश्य प्राप्त गर्न सकेकोमा खुसी व्यक्त गरे। 

पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो। 
 

प्रकाशित: Dec 06, 2020| 09:51 आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।