आइतबार, वैशाख २७, २०८३

भ्याक्सिन लगाएका हरियाणाका मन्त्रीलाई कोरोना संक्रमण

कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाएका भारतको हरियाणा राज्यका गृह तथा स्वास्थ्यमन्त्रीमा कोरोना भाइरस संक्रमण देखिएको छ। 
 |  आइतबार, मंसिर २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०७७

काठमाडाैं- कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाएका भारतको हरियाणा राज्यका गृह तथा स्वास्थ्यमन्त्रीमा कोरोना भाइरस संक्रमण देखिएको छ। 

National life

भ्याक्सिन लगाएको केही दिनपछि जाँच गर्ने क्रममा स्वास्थ्यमन्त्री अनिल भिजमा संक्रमण पुष्टि भएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।

शुक्रवार राति शारीरिक दुखाईका साथै ज्वरो देखिएपछि शनिवार बिहान एन्टीजेनमार्फत परीक्षण गर्दा उनमा कोभिड–१९ पोजेटिभ देखिएको थियो ।

त्यसपछि पीसीआर परीक्षण गर्दा पनि पोजेटिभ नै देखिएको मन्त्री भिजका चिफ मेडिकल अफिसर कुलदीप सिंहलाई उधृत गर्दै  टाइम्स अफ इन्डियाले लेखेको छ ।

मन्त्री भिजले भारत बायोटेकले निर्माण गरेको कोभैक्सिन डोज लिएका थिए। उनले गत नोभेम्बर २० मा स्वेच्छाले उक्त डोज लिएको बताइएको छ। 

डिसेम्बर १६ मा दोस्रो डोज लिने तयारीमा भिज रहेका छन्। कोरोना संक्रमण पुष्टि भएपछि उनी सिभिल अस्पताल अम्बाला कन्टमा भर्ना भएका छन्। 

प्रकाशित: Dec 06, 2020| 03:02 आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।