सोमबार, साउन ११, २०८३

रुसमा कोरोनाको भ्याक्सिन लगाउन थालियो

रुसको राजधानी मस्कोमा धमाधम कोरोना भाइरसको भ्याक्सिन लगाउन थालिएको छ।
 |  आइतबार, मंसिर २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०७७

रुसको राजधानी मस्कोमा धमाधम कोरोना भाइरसको भ्याक्सिन लगाउन थालिएको छ।

कोरोनाको उच्च जोखिममा रहेका व्यक्तिलाई पहिलो प्राथमिकतामा राखेर भ्याक्सिन कार्यक्रम सुरु गरिएको हो। 

रुस आफैंले बनाएको स्पुतनिक–भी भ्याक्सिन त्यहाँ लगाउन सुरु गरिएको हो। यो भ्याक्सिन गत अगष्टमै तयार भएर रजिस्टर्ड भएको थियो।

स्पुतनिक–भी लाई विश्वकै पहिलो कोरोना भ्याक्सिन मानिन्छ। यो भ्याक्सिनको प्रभावकारिता ९५ प्रतिशत दाबी गरिएको छ र कुनै साइड इफेक्ट नहुने बताइएको छ। 

भ्याक्सिनका लागि रुसमा हजारौंले नाम दर्ता गराएका छन्। यही डिसेम्बरभित्रमा १० लाख डोज भ्याक्सिन तयार गरिने बताइएको छ। 

रुसको मस्को अहिले पनि संक्रमणको केन्द्र बनेको छ, जहाँ दैनिक हजारौं संक्रमित थपिइरहेका छन्। दर्जनौंको ज्यान गइरहेको छ।

प्रकाशित: Dec 06, 2020| 01:03 आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।