शनिबार, कात्तिक २९, २०८२

नम्रता श्रेष्ठ बनिन् यस वर्षको मिस नेपाल

मिस नेपाल (२०२०) को उपाधि नम्रता श्रेष्ठले जितेकी छन्।
 |  शनिबार, मंसिर २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २०, २०७७

काठमाडौं- मिस नेपाल (२०२०) को उपाधि नम्रता श्रेष्ठले जितेकी छन्।

National life

आज सम्पन्न मिस नेपालको ग्राण्ड फिनालेबाट अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै नम्रताले ‘मिस नेपाल वल्ड २०२०’ को ताज पहिरिएकी छन्।

उनलाई २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठले ताज पहिराएकी छन्।

यस्तै ‘मिस नेपाल इन्टरनेसनल’ को उपाधि सन्ध्या शर्माले पाएकी छन् भने ‘मिस नेपाल अर्थ २०२०’ को उपाधि सुप्रिया श्रेष्ठले पाएकी छन्।

‘मिस नेपाल सपरनेसनल २०२०’ को उपाधि सिमल कनौजियाले जितिन्।

Laxmi sunrise bank
kumari

मिस नेपाल श्रेष्ठले नगद दुई लाख ५० हजारसहित कार्यालय प्रयोजनका लागि गाडीसमेत पाएकी छन्। मिस नेपाल श्रेष्ठ चीनमा हुने मिस वल्ड प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुनेछिन्।

प्रतियोगितामा मिस नेपाल अर्थ सुप्रिया श्रेष्ठ, मिस नेपाल इन्टरनेसनल  सन्ध्या शर्मा र मिस सुपरनेसनल सिमल कनौजियाले नगद दुई लाख ५० हजार पाएका छन्।

नेपालमा सन् १९९४ देखि हुँदै आएको मिस नेपाल प्रतियोगिताको यो पच्चीसौं शृंखला हो। सन् १९९४ देखि लगातार हुँदै आएको प्रतियोगिता सन् २००१, सन् २००६ र सन् २००८ मा विविध कारणले हुन सकेको थिएन।
 

प्रकाशित: Dec 05, 2020| 13:55 शनिबार, मंसिर २०, २०७७
प्रतिक्रिया दिनुहोस्