सोमबार, साउन ११, २०८३

रसियामा कोरोनाको खोप लगाउन सुरु

रसियाले कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ। राजधानी मस्कोका क्लिनिकहरुबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको हो।
 |  शनिबार, मंसिर २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २०, २०७७

एजेन्सी- रसियाले कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ। राजधानी मस्कोका क्लिनिकहरुबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको हो।

रसियाले नै बनाएको स्पुतनिक ५ खोप शनिबारदेखि लगाउन सुरु गरिएको हो। खोप उत्पादक कम्पनीले यो खोप परीक्षणका क्रममा ९५ प्रतिशत प्रभावकारी भएको पाइएको बताएको छ। तै पनि खोप अहिले पनि आम परीक्षणकै क्रममा रहेको छ।

दुई पटक लगाउनु पर्ने यो खोपका लागि त्यहाँ हजारौँ मानिसले आफ्नो नाम दर्ता गराइसकेका छन्। तर उत्पादक कम्पनीले भने यो वर्ष सन् २०२० को अन्त्यसम्ममा जम्मा २० लाख डोज खोप तयार हुने बताएको छ।

मस्कोका मेयर सर्गेई सोब्यानिनले यसै हप्ताबाट खोप दिन सुरु गरिने बताएका थिए। उनका अनुसार पहिलो चरणमा सहरका स्वास्थ्य क्षेत्रका कामदार, बालबालिका तथा सामाजिक कार्यकर्तासहित १३ लाख मानिसलाई लगाइने बताएका थिए।

साथै उनले खोप उपलब्धताका आधारमा अन्य व्यक्तिहरुलाई पनि खोप लगाउने गरी लिस्ट बनाउने काम भइरहेको बताएका थिए।

प्रकाशित: Dec 05, 2020| 09:56 शनिबार, मंसिर २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।