बिहीबार, भदौ ४, २०८३

गृह मन्त्रालयले गठन गरेको टोली दार्चुला जाँदै

दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयको टोली आज सुदूरपश्चिम प्रस्थान गर्दै छ।
 |  सोमबार, साउन १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन १८, २०७८

काठमाडौं- दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयको टोली आज सुदूरपश्चिम प्रस्थान गर्दै छ। 

भारतीय सुरक्षाकर्मीले तुइनको डोरी फुकाइदिँदा बेपत्ता भएको घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयले गठन गरेको टोली आज त्यसतर्फ जान लागेको हो। 

मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो। छानविन समितिको सदस्यसमेत रहेकी दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले आज काठमाडौंबाट टोली धनगढी आइपुग्ने र भोली मात्रै दार्चुला आउने जानकारी दिइन्। 

‘छानबिन समितिका संयोजक आज धनगढी आइ पुग्नुहुन्छ, भोली उहाँसहित धनगढीबाट समितिका अन्य सदस्य समेत दार्चुला पुग्नुहुन्छ,’उनले भनिन्,‘टोलीले घटनास्थलको अध्ययन र प्रत्यक्षदर्शीसँग पनि भेटने छ। ’ 

छानविन समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट छन्। १० दिन भित्र छानबिन गरेर प्रतिवेदन पेश गर्न समितिलाई समय तोकिएको छ।

प्रकाशित: Aug 02, 2021| 12:12 सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।