शनिबार, कात्तिक २९, २०८२

इलाममा प्रदेश सरकारले ११ करोड खर्चेर सिनेमा हल बनाउँदै

इलाम सदरमुकाममा प्रदेश सरकारले बहुतले सिनेमा हल निर्माण गर्ने भएको छ। 
 |  शुक्रबार, मंसिर १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १९, २०७७

काठमाडौं– इलाम सदरमुकाममा प्रदेश सरकारले बहुतले सिनेमा हल निर्माण गर्ने भएको छ। 

National life

प्रदेश सरकारको ११ करोड १० लाख ३९ हजार ८३८ रुपैयाँ लागतमा हल निर्माण हुन लागेको हो।

भवनमा एक तला भूमिगतसहित तीन तला पार्किङस्थल र चौथो तलामा दुई  सिनेमा हल र फुड कोर्ट रहने इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले जानकारी दिए। 

बसपार्कमा रहेको चार रोपनी क्षेत्रफलमा दुई सिनेमा हलका लागि प्रतिहल २५० जना क्षमताको भवन बन्ने छ। 

भवनमा ४७ साना सवारी साधन र २०० भन्दा बढी मोटरसाइकल पार्किङ गर्न सकिने छ। 

Laxmi sunrise bank
kumari

२०७९ चैत ३० सम्म सम्पन्न गर्नेगरी सिनेमा हल निर्माणको जिम्मा कवीन्द्र नवसिर्जन्स जेभी कम्पनीले लिएको छ। 

अहिलेको बसपार्क साँघुरो भएपछि नगरले नयाँ बसपार्क बनाएको छ।  सोही ठाउँमा पार्किङस्थलसहितको सिनेमा हल बनाइने भएको हो।

–रासस
 

प्रकाशित: Dec 04, 2020| 10:21 शुक्रबार, मंसिर १९, २०७७
प्रतिक्रिया दिनुहोस्