शुक्रबार, फागुन २९, २०८२

चीनको चाङ ई-५ यानले चन्द्रमाबाट पठायो रंगीन तस्बिर

चीनको चाङ ई–५ मुन मिसनले चन्द्रमाको सतहबाट पृथ्वीमा रंगीन तस्बिर पठाएको छ। 
 |  बिहीबार, मंसिर १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०७७

काठमाडौं– चीनको चाङ ई–५ मुन मिसनले चन्द्रमाको सतहबाट पृथ्वीमा रंगीन तस्बिर पठाएको छ। 

National life

चीनको यो मुन ल्यान्डरले चन्द्रमाको सतहमा आफ्नो खुट्टादेखि क्षितिजसम्मको तस्बिर कैद गरेको हो। 

चन्द्रमाबाट माटो र ढुंगाको नमूना पृथ्वीमा पठाउनका लागि तयार गरिएको यो मिसनले मंगलबार सफलतापूर्वक चन्द्रमाको सतहमा ल्यान्ड गरेको थियो। 

चन्द्रमामा उत्रिएपछि नै यसले सतहमा नमूना जम्मा गर्ने काम सुरु गरेको छ। यसलाई रिटर्न मोड्युलसम्म पुर्‍याउने काम बिहीबार सुरु हुने बताइएको छ। 

यो काम केही दिनसम्म जारी रहनेछ। त्यसपछि नमूनालाई चन्द्रमाको कक्षमा पहिले देखिने रहेको सर्भिस व्हिकल र रिटर्न मोड्युलसम्म पुर्‍याइने छ। जसलाई पृथ्वीसम्म ल्याइने छ। 

Laxmi sunrise bank
kumari

योजनाका अनुसार रिटर्न मोड्युल मंगोलियाको भित्री इलाका सिजिवाङको घाँसे मैदानमा ल्यान्ड गरिनेछ। 

चाङ ई–५ मिसनभन्दा पहिला चीनले अन्य दुई मुन मिसन पठाएको थियो। सन् २०१३ मा चाङ–ई ३ र सन् २०१९ मा चाङ ई–४ मुन मिसन चन्द्रमामा पुगेका थिए। 

यी दुवै मिसनमा एक ल्यान्डरका साथै एक सानो मुन रोवरसमेत समावेश गरिएको थियो। यी दुवैको तुलनामा चाङ ई–५ जटिल मिसन हो। 

८.२ टनको चाङ ई–५ लाई एक अन्तरिक्षयानका माध्यमबाट २४ नोभेम्बरमा दक्षिणी चीनको वेनचाङ स्टेसनबाट प्रक्षेपण गरिएको थियो। 
केही दिनपहिले यो मिसन चन्द्रमाको माथिल्लो भागमा पुगेको थियो। यसलाई चन्द्रमाको कक्षमा स्थापित गरियो र यसले चन्द्रमाको परिक्रमा गर्न थाल्यो। 

पछि यसलाई दुई टुक्रामा विभाजित गरियो। पहिलो सर्भिस व्हिकल र रिटर्न मोड्युल जुन चन्द्रमाको कक्षमा नै रोकिएको थियो। दोस्रो मुन ल्यान्डर जो बिस्तारै चन्द्र सतहतर्फ बढेको थियो। 

मुन ल्यान्डर चन्द्रमाको सतहमा मोन्स रुमकेरमा उतारियो। जुन चन्द्रमाको ज्वालामुखी रहेको पहाडको नजिक रहेको एक ठाउँमा ल्यान्डरलाई उतारिएको थियो। 

चन्द्रमाको सतहमा माटो र ढुंगा जम्मा गर्नका लागि पठाइएको चाङ ई–५ मुन ल्यान्डरमा क्यामेरा, राडर, एक ड्रिल र स्पेक्ट्रोमिटर फिट गरिएको छ। अब यसले यी उपकरणको प्रयोग गरेर चन्द्रमाको सतहको माटोको नमुना जम्मा गर्नेछ। 

चाङ ई–५ भन्दा ४४ वर्ष पहिल मुन मिसनका क्रममा अमेरिकी अपोलो अन्तरिक्ष यान चन्द्रमामा पुगेको थियो।  

उक्त यानमा अन्तरिक्षयात्रीसमेत चन्द्रमामा पुगेका थिए। यस्तै रुसको रोबोटिक लुना कार्यक्रमले चन्द्रमाको करिब चार सय किलो माटो र ढुंगा जम्मा गरेको थियो। 

चन्द्रमाबाट ल्याइएका यी सबै नमुना करिब तीन अर्ब वर्ष पुराना हुन्। मोन्स रुकमेरबाट ल्याइएका नमुनाको उमेर १.२ देखि १.३ अर्ब साल रहेको बताइएको छ। 

जानकारहरूले यी नमुनाबाट चन्द्रमाको भूवैज्ञानिक इतिहासका बारेमा धेरै जानकारी प्राप्त हुने बताएका छन्। 

यी नमुनाका सहयोगबाट वैज्ञानिकलाई सटिकरुपमा क्रोनोमिटर तयार गर्न सहयोग पुग्नेछ। 

बीबीसीको सहयोगमा 
 

प्रकाशित: Dec 03, 2020| 06:41 बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।